• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

कांग्रेसद्वारा ‘स्व परीक्षण वेब एप’ सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले विश्वव्यापी कोभिड महामारीको सन्त्रास बढ्दो रहेको अवस्थामा विशेषज्ञ चिकित्सकको परामर्शमा घरमै बसेर पनि कोरोना भाइरस सङ्क्रमणको लक्षण जान्न सकिने www.nepalicongress.org/covid19/ वेब एप सार्वजनिक  गरेको छ ।  

 

कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको वेबसाइट मार्फत सो एप जारी गरेको पार्टी प्रवक्ता एवं विभाग प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिए ।

 

वेब एपमा जो कसैले पनि घरमै बसेर भाइरस सङ्क्रमणको लक्षण आफूमा रहे नरहेको परीक्षण गर्न सक्ने जानकारी दिदै यसवीचमा कोरोनाको लक्षण देखिए उपचारका लागि प्रेरित गर्ने तथा नदेखिए मानसिक तनावबाट मुक्ति दिने शर्माले बताए ।

 

नेपाल मेडिकल एसोसिएशन पूर्वअध्यक्ष, डा.अञ्जनी झा, सरुवा रोग विशेषज्ञ डा वासुदेव पाण्डे, नेपाल मेडिकल एसोसिएशनका उपाध्यक्ष डा.अनिलविक्रम कार्की र फोक्सो रोग विशेषज्ञ डा.अशेष ढुङ्गानाको विशेषज्ञ परामर्शमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका पूर्वकेन्द्रीय सदस्य ई शशाङ्कश्री न्यौपाने र सिडेनका पूर्वमहासचिव ई दीपेश विष्टको समूहले  वेवएप तयार पारेका हुन । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार