• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

कोभिड-१९ का यी मिथ्या समाचार

काठमाडौं । विश्वका विभिन्न देशले सामाजिक दूरी कायम राख्न कडा प्रावधानहरू कार्यान्वयनमा ल्याए पनि धेरै स्थानमा कोभिड-१९ को सङ्क्रमणका घटनामा वृद्धि भइरहेको छ।

 

कोभिड-१९ को महामारीसँगै कैयौँ देशमा मिथ्या खबर पनि इन्टरनेट मार्फत्‌ फैलिरहेका छन्। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोरोनाभाइरस देखिएयता त्यससम्बन्धी मिथ्या र भ्रामक खबर प्रकोपकै तहमा फैलिरहेको चेतावनी दिँदै अएको छ। कतिपय अफ्रिकी देश र ब्रिटेनमा सार्वजनिक भएका केही खबरको बीबीसी रीयालिटी चेकले तथ्य जाँच गरेको छ।

 

१. अफ्रिकीहरूमा खोपको परीक्षण भइरहेको छैन
सामाजिक सञ्जालमा अफ्रिकी मानिसहरूलाई कोरोनाभाइरस विरुद्धको खोप परीक्षणमा प्रयोग गरिने वस्तु बनाइने भनिएका छन्। तर यी दाबी मिथ्या हुन् किनभने कोभिड-१९ को खोप बनिसकेको छैन र थोरै सङ्ख्याका वैज्ञानिक अनुसन्धान हाल अफ्रिकी देशहरूमा भइरहेका छैनन्।

 

हामी ती दाबी कहाँबाट सुरु भए भन्नेमा प्रष्ट छैनौँ तर तिनीहरूले पश्चिमा देशमा प्रयोग गर्न सुरक्षित छ कि छैन भनेर सुरुमा अफ्रिकाका मानिसहरूलाई खोप लगाइने दाबी गरेका छन्। यूट्युबमा त्यस्तै आशयको सन्देश राखिएको एउटा भिडियोमा एक महिलाले फ्रेन्च भाषामा बोलेको सुनिन्छ जसमा उनले अफ्रिकी दाजुभाइ र दिदीबिहीनीलाई खोप नलिन आग्रह गरेकी छन्।

 

२. कालो छाला कोभिड-१९ प्रतिरोधी हुँदैन
सामाजिक सञ्जालमा बारम्बार छालाको रङ्ग र कोभिड-१९ प्रतिरोधी क्षमताबारे विभिन्न टीका-टिप्पणी हुने गरेका छन्। मार्च १३ तारिखमा केन्याका स्वास्थ्यमन्त्रीले 'कालो छाला भएका मानिसहरूलाई कोरोनाभाइरस नलाग्ने' हल्ला भ्रामक भएको सार्वजनिक रूपमा नै बताए।

 

नेलश्न मण्डेला स्कूल अफ मेडिसिनका प्राध्यापक थुम्बी नुङ्‍गु भन्छन्, 'यो धारणालाई प्रमाणित गर्ने कुनै पनि आधार छैन र हामीलाई थाहा छ कि कालो छाला भएका मानिसहरूलाई पनि सङ्क्रमण भइरहेको छ।'

 

३.कालो चियाले कोरोनाभाइरसलाई निको पार्दैन
स्वस्थ हुन शरीरमा पानीको मात्रा पर्याप्त हुनु महत्त्वपूर्ण हो तर कालो चियो पिउँदा त्यसले दाबी गरिएको जस्तो कोरोनाभाइरसलाई निको पार्दैन। स्थानीय सञ्चारमाध्यहरूका अनुसार केन्यामा मानिसहरूलाई चिया पिउन सुझावसहित टेलिफोन आइरहेका छन्। चिया नपिउन सङ्क्रमणका कारण ज्यानसम्म गुमाउनु पर्ने भनिएको छ।

 

अन्यत्र पनि फैलिएको यो मिथ्या खबरको कुनै वैज्ञानिक आधार छैन। संसारभरिका वैज्ञानिकहरूले सम्भावित खोपबारे अध्ययन गरिरहेका छन् र अहिलेसम्मको अपेक्षा अर्को वर्षको मध्यभन्दा अघि त्यो तयार नहुने रहेको छ। बीबीसी


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार