• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

नेपाली युवा दिवेश पोखरेल 'अमेरिकन आइडल' को उत्कृष्ट २० मा

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल 'अमेरिकन आइडल' को सहभागी बनेका १८ औं संस्करणमा उत्कृष्ट २० मा परेका छन् ।  

 

अप्रिल ५ मा टप २० प्रतिष्पर्धीको नाम सार्वजनिक गरेको हो। यसपटक कार्यक्रममा उनले बब मार्लीको 'इज दिस लभ' बोलको गीत गाएर सुनाएका थिए। जजहरुले यसअघिको प्रस्तुति मै उनमा बब मार्लीको झलक देखा परेको बताएका थिए । 

 

दिवेशले भने आफू यति ठूलो प्लेटफर्ममा आइपुग्ने अपेक्षा नगरेको बताएका हुन । उनले अमेरिकन आइडलको यात्रा अत्यन्तै उत्साहजनक र लामो भएको समेत बताए । 

 

२१ वर्षका दिवेश काठमाडौंमा जन्मिएका हुन । अहिले उनी अमेरिकामा बस्छन् । आफ्नो नाम अर्थर गन राखेका दिवेश सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका थिए ।

 

अमेरिकन आइडलको यस एपिसोडमा दिवेशले व्याण्डसँग गीत गाउने तयारी थियो । तर उनले गरेको संगीतको एरेन्जमेन्ट छोटो समयमा व्याण्डले तयार गर्न नसकेको कारण उनी एउटा गीतार लिएर स्टेजमा एक्लै गित गाउन प्रस्तुत भएका थिए । 

 

अमेरिकन आइडलको १८औं सिजनमा शीर्ष २० भित्र परेका दिवेशले अमेरिकन आइडलको अडिसन र यसअघिको एपिसोडमा गाएको गीत युट्युबमा हिट भइरहेको छ । उनी आफैं गीत रचना, संगीत तथा गाउने गर्छन् । उनले आफ्ना गीत तथा सिर्जना आफ्नै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार