• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
बिश्व

बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना 

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतवार साँझ अस्पताल भर्ना भएका छन् ।

 

कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनसम्म उनी घरमा नै क्वारेन्टाइनमा रहँदै आएका थिए । कोरोनाको लक्षणहरू उस्तै रहेको र तापक्रम पनि रहेकाले लन्डनस्थित अस्पतालमा र्पुयाइएको हो । सावधानीको रुपमा यो कदम चालिएको बताइएको छ । तर हाल उनको अवस्था सामान्य रहेको  बताइएको छ । 

 

कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको उनका चिकित्सकले जनाएका छन् । एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार