• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमवारको मन्त्रिपरिषदको बैठकले  उक्त निर्णय गरेको हो । 

 

अर्थमन्त्री खतिवडाको संयोजकत्त्वमा बनेको गभर्नर सिफारिस समितिले अधिकारी सहित अहिलेका कामु गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वअर्थसचिव राजन खनाललाई सिफारिस गरेको थियो ।

 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अधिकारी यसअघि पनि गभर्नर सिफारिसमा परेका थिए । सरकारले उनलाई पाँच वर्षका लागि गभर्नरमा नियुक्त गरेको हो । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार