• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

 ‘लकडाउन’को समय वैशाख ३ सम्म थपियो 

काठमाडौं । सरकारले ‘लकडाउन’ को समय वैशाख ३ गतेसम्म थपेको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढेको जनाइएको छ ।

 

सरकारले यही चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण कम गर्ने उद्देश्य राखेर पहिलो चरणमा लकडाउन गरेको थियो । यस्तै चैत १८ गते पुनःलकडाउनको समय थप गरेर भोलि मंगलबारसम्मका लागि थप गरिएको थियो । उक्त अवधिमा पनि संक्रमितको संख्या थपिएपछि ८ दिन लम्ब्याइयो हो । 

 

सोमवारको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा  नियन्त्रणका लागि फेरि लकडाउनको अवधिलाई  वैशाख ३ गतेसम्म लम्ब्याएको छ । यसबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा  ओलीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

 

ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका थिए । सुदूरपश्चिमका जिल्लामा एकाएक कोरोना संक्रमितको  संख्या बढेपछि  स्थितिलाई नियन्त्रणमा लिन आइतवार सुदूरपश्चिम सरकारले पनि लकडाउन लम्ब्याउन संघीय सरकारलाई सिफारिस गरेको थियो ।  नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार