• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’मा नाटक ‘एल्ममुनिको तिर्खा’ भिडियो आज लाइभ हुँदै

काठमाडौं । कोरोनाले विश्वभरी महामारीको रुप लिइरहेको बेला हामी नेपाली पनि लकडाउनको अवस्थामा छौं । 

 

यस अवधिमा क्वारेन्टाइनलाई सघाउँदै थिएटर मल–कीर्तिपुर रङ्मञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले आयोजना गरेको ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ ले पहिलो साता पूरा गरेको छ ।  


लकडाउन लम्बिएसँगै दर्शकको मागअनुसार थिएटर सेन्टरले उत्सवलाई दोस्रो साता पनि निरन्तरता दिएको छ । त्यसमा प्रस्तुत हुने नाटकको घोषणा पनि गरेका छ । भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’मा आज सोमबार गुरुकुलको नाटक हेर्न पाइने  छ ।

 

पुरानो बानेश्वरस्थित आरोहण, गुरुकुलमा २०६७ को १३ देखि १८ फागुनसम्म मञ्चन भएको नाटक ‘एल्ममुनिको तिर्खा’को भिडियो आज लाइभ हुँदैछ । युजिन ओनिलले लेखको ग्रिक मिथमा आधारित नाटक नेपाली रङ्गमञ्चमा समेत सक्रिय अमेरिकी रङ्गकर्मी डेबोरा मेरोलाले निर्देशन गरेकी हुन् । नाटकमा सरस्वती चौधरी, रामहरि ढकाल, सजन थापा, प्रमिला कटुवाल,विपीन कार्की,भोलाराज सापकोटा, हुम बिसीलगायतले अभिनय गरेका छन ।

 

उत्सवमा मंगलबार ‘श्याम साह’को कथामा आधारित सुलक्षण भारती निर्देशित नाटक ‘लाटीको छोरो’को भिडियो प्रदर्शन गरिने प्रस्तुति संयोजक प्रशुन सिन्धुलीयले बताए ।  त्यसै गरी सिनेमामा चर्चामा रहेकी अभिनेत्री सुरक्षा पन्त अभिनित, विजया कार्की निर्देशित नाटक ‘क्लेशा’को भिडियो पनि उत्सवमा प्रदर्शन गरिने उनले जानकारी दिए ।

 

उत्सवमा चे शंकर निर्देशित बालकृष्ण समको नाटक ‘ऊ मरेकी छैन’, हिरा बिजुली निर्देशित कर्णाली आर्ट सेन्टरको प्रस्तुति ‘गर्भछिटा’ पनि सूचिमा छन् । ‘कोभिड–१९ संक्रमणको जोखिम कम नभएपछि सरकारले आगामी चैत्र २५ सम्मलाई ‘लकडाउन’ अवधि घोषणा गरेपछि एक साताको लक्ष्यसहित सुरु भएको उत्सव दोस्रो साता पनि निरन्तरता दिइएको थियो ।

 

संक्रमणबाट बच्ने एकमात्र उपाय  ‘क्वारेन्टाइन’लाई प्रोत्साहन र साथ दिन थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले विश्व रङ्गमञ्च दिवस २७ मार्च (१४ चैत्र)बाट उत्सव सुरु गरेको हो । नाटकको भिडियो ठिक ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मलबाट लाइभ स्ट्रिमिङ गरिनेछ । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार