• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

गर्भनरमा ३ जनाको नाम सिफरिस

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरिएको छ ।

 

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्व सचिव राजन खनालको नाम सिफारिस  गरेर मन्त्रिपरिषदमा पठाएको  छ । 

 

गत चैत ५ गतेदेखि डा. चिरञ्जिबी नेपालको कार्यकाल सकिएको हो । सिवाकोटी राष्ट्र बैंकका डेपुटी गभर्नर हुन, उनी अहिले राष्ट्र बैंकको कामु गभर्नरको रूपमा कार्यरत छन् । आज बस्ने मन्त्रीपरिषद्को बैठकले  संभवत गभर्नर नियुक्त गर्ने छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार