• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

नागरिक समाजसँगको सहकार्यले यो राष्ट्रिय लडाइँ जित्न सकिने छ : नेपाली सेना

काठमाडौं । नेपाली सेनाले सरकारले प्रदान गरेको जिम्मेवारीअनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री खरिद प्रक्रिया प्रचलित कानूनबमोजिम हुने  स्पष्ट पारेको छ ।

 

नेपाल सरकारले यही चैत १६ गते मन्त्रिपरिषद्बाट कोरोना भाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकताअनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार–सरकार (जिटुजी) विधिबाट खरिद गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयपश्चात् नेपाली सेनाले आवश्यक प्रक्रिया द्रुत गतिमा अगाडि बढाएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिएका छन ।

 

नेपाल र नेपालीले व्यहोरेको हरेक विपत्तिहरुमा आमनागरिकका साथ र सहयोगमा नेपाल सरकारका सबै निकाय र सङ्घसंस्थाहरु तथा नागरिक समाजसँगको सहकार्यले यो राष्ट्रिय लडाइँ पनि जित्न सकिनेमा नेपाली सेनाको विश्वास रहेको उनको भनाई छ ।

 

कोरोना भाइरस प्रतिकार्य लगायत आमनागरिकको स्वास्थ्य सुरक्षा तथा त्यससँग सम्बन्धित सबै विषयमा भविष्यमा समेत नेपाल सरकारले अङ्गीकार गर्ने सबै रणनीति तथा कार्यनीतिको कार्यान्वयनमा सेनाले आफ्नो सम्पूर्ण शक्ति र क्षमताले योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार