• शनिबार १-८-२०८१/Saturday 04-20-2024
विचार

मानसिक रोग : मनोबैज्ञानिक त्रास ,डर र चिन्ता

काठमाडौं । प्राध्यापक जेम्स.सी कोलमनले आफ्नो प्रसिद्ध पुस्तक ‘असमान्य मनोविज्ञान र आधुनिक जीवनमा’ शुरु मै बीसौं शताब्दीलाई चिन्ताको युगभनी उल्लेख गरेको पाइन्छ । तर एक्काइसौं शताब्दीमा पनि कोभिड–१९ को महामारीले फेरि पुरै बिश्वलाई सोच्न बाध्य पारेको छ कि अझै पनि चिन्ताको युग सकिएको छैन । अहिले भौतिकवादी युगमा प्रत्येक मानिस चिन्ताले ग्रस्त छन् ।


यसरी हुन जान्छ सामान्य तनावदेखि चिन्ता हुँदै कडा खालको मानसिक रोगसम्मको यात्रा–

मान्छेलाई सामान्य आवश्यकता पुरा नहुँदा उसमा दिक्कपना आउँछ, जसलाई आम–बोलचालमा नैराश्यता भनेर धेरै सुनिन्छ । यस्तै यदि यो नैराश्यतालाई समय मै समायोजन गर्न सकिएन भने मान्छे दवाबमा पुग्छ, दवाबलाई नकारात्मक रुपमा ग्रहन गर्दै मान्छे चिन्तामा पुग्छन् । तर्सथ अहिलेको महामारीले संसारभर मानसिक रोगीहरुको संख्या बढाउने निश्चित छ । त्यसकारण अहिलेको अवस्थालाई हामीले सही अवस्थामा सामायोजन गर्न सिक्नुपर्ने छ ।  

 

चिन्ता सामान्य खालको मानसिक रोग मानिन्छ । यदी मान्छेले समयमा यसको समायोजन र उपचार गरेमा निको हुनसक्छ तर भएन र ध्यान दिएन भने मान्छेमा उदासीपन वा नैराश्यतामा पुग्ने सम्भावना रहन्छ र नैराश्यतालाई पनि समय मै उपचार गर्न सकिएन भने मान्छे कि त स्वयं हत्या (आत्महत्या) गर्छ वा अलि कडा खालको मानसिक रोगको अवस्थामा पुग्न सक्छन् ।  लामो समयसम्म  मानसिक रोग हुनगई दीर्घकालिन रोगी हुन सक्छ्न । अहिले सामान्य अवस्थामा हामीले ध्यान पु¥याउन सकिएन भने कोभिड–१९ पछि को अवस्थामा धैरे महामारी मानसिक  रोगले ग्रसित हुन जान्छ ।

 

अहिले लकडाउन, सेल्फ क्वारेन्टाइन र आइसोलेसनमा रहँदा निम्न प्रकारका लक्षणहरुहरु देखिन सक्छन् । अत्याधिक तनावको अनुभूति ,आत्तिनु वा व्याकुल हुनु, अनावश्यक सोचहरु आइरहने ,दुःखित, कष्ठ सम्झेर रुन मन लाग्ने, नाडीको गति बढनु, मुटुको धडकन बढ्नु, पाचन प्रणाली गडबड हुनु, थकित अनुभूति गर्नुका साथै नैराश्यता उत्पन्न हुनु, क्रोध र बढी रिस, उठ्नु छटपटी भईरहनु तथा एक्लो अनुभव गर्नु, ध्यान केन्द्रित गर्न कठिनाई हुनु, निन्द्रामा कठिनाई आउनु, अहिले त्यही कारण मानिसहरू तनावमा छन् । तनाव, दबाब  र रोगबीच गहिरो सम्बन्ध हुन्छ । जस्तो कुनै व्यक्ति एकदमै डर, रिस, शत्रुतापूर्ण आवेग देखाउँछ भने उसको स्वास्थ्यमा एकातिर हर्मोनको गडबडी हुन्छ र व्यक्ति झर्किने, रिसाउने तथा निराश हुनेगर्छ । यसले रोगसँग लड्ने क्षमता कमजोर बनाउँछ । एउटै परिवार, एउटै वातावरणमा बस्दा पनि कसैलाई रोग लाग्छ भने कसैलाई रोग लाग्दैन । यसो हुनुको मुख्य कारण यही हो । त्यसैले रोगसँग लड्ने क्षमता र आत्मवल एकदमै महत्वपूर्ण हुन्छ । त्यो हामीले गुमाउनु हुँदैन ।  यसर्थ आफैँलाई नियन्त्रण गर्नुहोस् । 

 

हामीले गहन कुरा बुज्नु के छ भने जन्मलिने १०० प्रतिशत मान्छे मर्छन नै कोही अगाडी वा पछाडी त्यस अर्थ एउटा मान्छे महामारीले भन्दा नी मनोबैज्ञानिक त्रास ,डर र चिन्ताले मर्न पुग्छन । 

 

अरबिक साहित्य दर्शनमा बगदादको एक कहानी छ, एकजना सन्त बगदाद नजिकै बस्दथे ,एक दिन एउटा काली छायाँ बगदाद शहर प्रवेश गर्न लाग्दा उसले रोकेर भन्यो को हो कता जादैछौ ? म काल हुँ  र १०० मानिस लिन आएको हुँ । कारिव २० दिनपछि फर्किदा सन्तले भने तिमीले १०० जना लिन आउँछु भनेको तर यहाँ त १००० हजार मरे र जवाफ आयो मैले १०० नै मारेको हुँ, बाँकी त आफै डर वा भयले अरुलाई देखेर मरे यसमा मेरो दोष केहि छैन । 

 

उदाहरण : 
कोइलाकाण्ड र बत्तीकाण्ड दुबै एउटै हुन गलत हुन र आतङ्कित बनाउने नै हुन , यसले मानसिक भय र त्रास सृजना गरी मानिसहरुलाई  भयभीत गराउने र लठ्ठ बनाउने काम गरेको छ । 

 

यसकारण ध्यान दिउँ सरकारले भनेको नियम सुचनालाई ध्यान दिएर मनन गरी अघी बढौं र मानसिक रोगी हुनबाट बचौ र बचाऔं ।

 

कृपया शान्त होउँ । एक–अर्काबीचको भौतिक – (शारिरिक) दूरी कम गरौँ ।

 

र अन्त्यमा, केही समस्याहरु देखा परेमा प्राथमिक सहयोगका लागि तालिम प्राप्त व्यक्ति, मानसिक स्वाथ्यकर्मी ,मनोविमर्शकर्ता, मनोविद्, मनोचिकित्सकहरूसँग सहयोग लिउँ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार