• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अनिश्चितकालका लागि स्थगित

काठमाडौं । वैशाख ६ र ७ गतेका लागि तय गरिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोनाले विश्वव्यापी महामारीको रूप लिएपछि सरकारले निर्धारित कार्यक्रम स्थगित गरेको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी रूप लिइरहेको कोरोनाप्रति सतर्कता अपनाउँदै निर्धारित कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री कार्यालय लगायतलाई पत्राचार गर्दै परिस्थितिमा सुधार आएपछि कार्यक्रम सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले कार्यक्रम स्थगित भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार