• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

देउवाले गरे पुर्वप्रधानमन्त्रीहरुसँग टेलिफोन वार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमणबाट देश र जनतालाई सुरक्षित राख्ने विषयमा पूर्व प्रधानमन्त्रीहरुसँग टेलिफोन वार्ता गरेका छन्।

 

पूर्वप्रधानमन्त्री देउवाले आइतबार दिउँसो पाँच जना पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषद्का तत्कालीन अध्यक्षसँग फोन गरेर संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गरेका हुन् । 

 

सभापति देउवाले पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र पूर्व प्रधानन्यायाधीश तथा अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोन सम्वाद गरेका हुन्।

 

पूर्व प्रधानमन्त्रीहरुसँगको सम्वाद पछि देउवाले ट्विट मार्फत, ‘आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यवद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गरेका थिए । ’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार