• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

एनआईसी बैंकद्वारा २ लाख ५० हजार बराबरको खााद्यान्न सहयोग

पोखरा । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरहरुलाई लकडाउनका कारण खाद्यान्न अभाव भएपछि एनआईसी एसिया बैंकले राहत वितरण गरेको छ ।

 

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु  बन्द रहेको अवस्थामा मजदुरहरुलाई बिहान बेलुकाको छाक टार्नसमेत समस्या भएपछि एनआइसी एसिया बैंकले सहयोग गरेको हो ।

 

सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी प्रदेशको कावाश्वोती नगरपालिका र पोखरा महानगरपालिकामा ज्याला मजदुरी गर्ने १ सय ५० परिवारहरुलाई स्थानीय सरकारसँगको सहकार्यमा रू.२ लाख ५० हजार रुपैयाँ बराबरको खााद्यान्न सहयोग गरिएको बैंकका प्रादेशिक प्रमुख दीपेन्द्र शर्माले बताए । बैंकले चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो ।

 

बैंकका गण्डकी प्रदेशस्थित उपप्रादेशिक कार्यालय प्रमुख अशोक पन्तले कावाश्वोती नगरपालिकी प्रमुख चन्द्रा पुनलाई ५० हजार रुपैयाँ बराबर तथा बैंकको गण्डकी प्रदेश कार्यालय प्रमुख दीपेन्द्र शर्माले पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई २ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्  ।

 

स्थानीय सरकारहरुसँगको सहकार्यमा वितरण गरिको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न समस्या भएका परिवारलाई केही भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ । गण्डकी प्रदेशका अन्य जिल्लामा समेत करिब ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री आगामी दिनमा वितरण गरिने शर्माले जानकारी दिए । बैंकले यसअघि काठमाडौं तथा प्रदेश १ मा ज्याला मजदुरी गर्नेहरुका लागी पाँच÷पाँच लाख  तथा सुदुरपश्चिम प्रदेशमा ३ लाख ७५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री समेत वितरण गरिसकेको छ ।

 

यस विपतको क्षणमा बैंकले आफ्ना ग्राहकमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’हरु स्थापना गरी २४सैं घण्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको छ । ग्राहकलाई विद्युतीय माध्यमबाट बैंकिङ आवश्यकताहरु पूरा गर्न पनि उत्प्रेरित गरेको शर्माले बताए । ‘कोरोनासँगको लडाई, बैंकिङ गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, इन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा इन्टरनेट बैंकिङ जस्ता विद्युतीय माध्यमबाट ग्राहकहरुले घरबाटै बसेर निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ । 

 

उक्त सेवाहरुका साथै ग्राहकले घरमै बसी अनलाइन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहकले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नेछन् । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा इ–कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४ सय ६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

 

एनआइसी मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको शर्माले बताए । उत्तरदायी बंैकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु। ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको नायब प्रमुख सूचना अधिकारी अर्जुनराज खानियाले बताए ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार