• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

नक्कली परिचय पत्र बोकेका नक्कली चिकित्सक प्रहरी नियन्त्रणमा

झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौंबाट झापा आएका दुई युवालाई नियन्त्रणमा लिएको छ ।

 

नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । लकडाउनमा पनि ती युवा बा ६ च ७०१९ नम्बरको कारमा धरान हुँदै आइतबार बिहान काँकडभिट्टा आइपुगेको प्रहरीको भनाई छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आएको बताएका उनीहरुमध्ये एक जनाले डा. विनोद श्रेष्ठ नामको नक्कली परिचय पत्र बोकेका थिए ।

 

चिकित्सकको बहाना गरी सुरक्षा जाँच छल्दै काँकडभिट्टा आइपुगेका उनीहरुलाई प्रहरीले मेडिकल काउन्सिलको दर्ता नम्बरसमेत माग्दै सोधपुछ गरेपछि नक्कली चिकित्सक भन्ने पोल खुलेको हो ।

 

दुबै जना मेचीनगरको क्वारेन्टाइनमा  छन भने सवारी साधन प्रहरी कार्यालयमै राखिएको छ । प्रहरी उपरीक्षक कोइरालाले नियन्त्रणमा लिइएका दुबै व्यक्ति लागूऔषधको खोजीका लागि छटपटाउँदै आइपुगेको आशङ्का गरिएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार