• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

लकडाउनमा कडाई, अब एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

काठमाडौं । शनिवार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनलाई झनै कडाइ गर्ने निर्णय गरेको छ ।  

 

बैठकले लकडाउनलाई पूर्ण पालना गराउने निर्णय गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

 

यसैबीच लकडाउनको समय भने बढाइएको छैन । मन्त्रिपरिषदको शनिबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए ।  

 

स्थानीय तहको आवागमन नियन्त्रित गर्न स्थानीय तहलाई सरकारले आग्रह गरेको छ । त्यसैगरी कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड डाइग्नोसिस टेष्ट गरिने उनले बताए । यसैबीच स्वास्थ्यकर्मीको सुरक्षा खलबल्याउने व्यक्तिलाई कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार