• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

युवा नेता ओझाले गरे सहयोग 

काठमाडौं । स्थास्थ्य सुरक्षाको घेरामुनी रहेर अहिले राजधानीका समाजसेवीहरु सेवाका हात बडाउन लागिपरेका छन् । यस्तै संसारभरी फैलिएको कोभिड(१९ महामारीको त्रासका कारण लकडाउनको अवस्थामा अहिले धेरैको जीवन खाद्यान्न पदार्थको अभावले कष्टकर बनेको छ। 

 

यस्तो अवस्थामा  मानवताको दायित्व निर्वाह गर्न सोच बनाएर घट्टेकुलो विकास समाजको उपाध्यक्ष, समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता प्रभातमणी ओझा (प्रविन) ले केही खाद्यान्न सामग्री १५० परिवार माझ काठमाडौं क्षेत्र १ का संघीय सांसद, पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह , प्रदेश सभाका माननीय सांसद दिपेन्द्र श्रेष्ठको साथमा राहत वितरण गरेका छन् ।  

 

संसासरमा मानव धर्मभन्दा माथी केही नहुने मान्यता राखेको घट्टेकुलो विकास समाजले बिभिन्न तरिकाले सहयोग गरिरहेको  युवा नेता ओझाले बताए । घरबाट बाहिर निस्कन सक्ने अवस्था नभएका बिभिन्न व्यक्तिहरु कोही पनि यो बिपत्तीबाट टाडिन नपरोस् भनेर बिभिन्न व्यक्ति दलका नेता तथा शुभेच्छुहरुले यस्तो कार्य गरिरहेको उनको भनाई थियो । 

 

भलै अहिले यो जीवाणुको भयावह रोग नेपालले देख्नु परेको छैन र देख्नु पनि नपरोस् । कुनैपनि बिपत्ती आएमा यस्ता सेवाका हातहरु रोकिने छैनन् ।     

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार