• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

सरकारी राहत कोषलाई एनसीसी बैंकको एक करोड सहयोग

काठमाडौं । एनसीसी बैंकले कोभिड–१९ नियन्त्रणका लागि स्थापना भएको सरकारी राहत कोषमा १ करोड रुपैयाँ दिने भएको छ ।  

 

राहत कोषमा प्रदेश सरकारलाई रु ५ लाखको दरले रु ३५ लाख तथा बाँकी रु ६५ लाख केन्द्रिय सरकारलाई सहायता स्वरुप दिने निर्णय गरेको हो । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बैंकले सो रकम प्रदान गर्न लागेको हो ।

 

कोरोना भाइरसको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधीपचार र विपन्न वर्गलाई खाधान्नको व्यवस्था लगायतका काममा सहयोग पुगोस् भन्ने उदेश्यले उक्त रकम प्रदान गर्न लागेको बैंकका सीईओ रमेश अर्यालले जानकारी दिए 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार