• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
विचार

कमजोर सुचना संयन्त्रको मारमा जनता

‘भरथेग दिने सरकार कार्यकर्ता को कि सबै जनताको’ सामाजिक सञ्जालमा अहिले यस्तै आसय पोखिएका आर्कोशहरु प्रस्सत भेटिन्छन । देशमा जोखिम हुँदा जनताको मनमा यस्ता भाव उत्पन्न हुनु सामान्य हो भनेर कतिपय राजनीतिकर्मी यसलाई सहजता कै रुपमा लिन्छन । तर अहिले अवस्था त्यस्तो छैन । बिपद् पर्दा सरकारले नै हो नागरिकलाई जोखिममा जुध्न साथ दिने तर यहाँ त्यस्तो हुन सकेको छैन । केहिदिन अघि मात्रै सामाजिक सञ्चालमा देखिएको एउटा तस्वीरले जोकोहिलाई भावुक बनाउँछ । श्रमका लागी भारत गएका नागरिकले पौडिएरै महाकाली नदी तरे र आफ्ना दुख स्थानीय सरकारलाई सुनाउन पुगे । अर्धनग्न अवस्थामा सुरक्षाकर्मीले उनलाई घेरे । प्रवासमा जाने जो कोही पनि यस्तो अवस्था देख्दादेख्दै रहरले घर फर्केका हुन्नन् । बेर्खची भएपछि बिरानो भूमिमा भन्दा आफ्नै भूमिमा भरथेग होला भनेरै सयौंको संख्यामा उनीहरु सिमा नाकामा आइपुगेका हुन ।

 

चीनमा रहेका नेपालीलाई जहाजमा राखेर नेपाल फिर्ता लान सक्ने सरकारले उनीहरु माथी अवरोध श्रृजना गर्दैन भन्नेमा ढुक्क देखिन्थे उनीहरु । आफै दुखकष्ट सहेर सिमा नाकासम्म पुगेपछि कसो घर नपुगिएलार भनेरैं उनीहरुले बाटो तताएका हुन । न काम को टुङगो न त दामको टुङगो, प्रवासमा यी दुईचीज भएन भने बाच्ने कसरी ? आफ्नो थाथ-थलो पुगे मूलको पानी घुट्कायरै भए पनि बचिन्छ भन्ने आम दुरदराज बासीले बुझेका छन । तर सरकारले यसमै अवरोध खडा गर्‍यो । यो सबै हुनुको पछाडी कमजोर सुचना सम्यन्त्र पनि हो भन्ने देखिन्छ । उता छिमेकी राष्ट्र भारतले पनि अचानक लकडाउन गर्ने घोषणा गर्‍यो । त्यसको प्रत्यक्ष मार कमाएर बिहान बेलुकाको गुजारा गर्ने वर्गलाई पुग्यो । अचानक लकडाउनको घोषणा होला भन्ने कल्पना नै नगरेका उनीहरुले नसोचेको सास्ती खेप्नुपर्‍यो । दुधे बालबच्चा च्यापेर ५० औं किलोमिटरको बाटो हिडेरै पुग्ने हिम्मत जुटाए । भोकतीर्खा नभनी पैदल हिड्दा कतिपय बाटो मै बिरामी समेत परे ।

 

भारतका काम गरी खाने नागरिकले कार्यक्षेत्र दिल्ली, मुम्बई लगायतका ठूला शहरबाट आफ्ना घर फर्केने क्रममा मृत्यु समेत वरण गरे । नागरिकले धेरै बिरोध गरेपछि सरकारले अकस्मात निर्णय लिनुपर्दा दुख लागेको समेत भन्यो तर नेपालमा भने आमनागरिकले पाउने सास्तीलाई सामान्य रुप मै ग्रहण गर्न बानी परेको छ । सरकार नै कतिपय अवस्थामा आफै प्रतिक्रिया दिन चाहदैनौं भनेरै उम्किने प्रयास गर्छ । जुन अत्यन्तै अशोभनीय छ र एउटा दुरदर्शी नेताले यस्तो गर्नु शोभा दिदैन ।

 

कोरोनाले विश्वमा त्रास बढेको छ । माहामारीको रुप लिईसक्दा  पनि सरकारले आवश्यक तयारी गर्ने ढिला गर्‍यो  । बिमानस्थल समय मै बन्द गर्नुको साटो ढिलोगरी अन्तराष्ट्रिय उडान बन्द भयो । स्वास्थ्य उपचारमा आवश्यक सामग्री र उपकरण खरीदमा समेत चरम भ्रष्टचार भएपछि जनतामा आर्कोश चुलिएको छ । स्वास्थ्यकर्मीले लगाउनु पर्ने पीपीई जनप्रतिनिधीले भिरेर हिडेको दृश्य हेर्दै आँखा बिझाउने किसिमका छन । यी र यस्तै प्रकृतिका कामले आम नागरिकको आक्रोशलाई बल पुगेको छ । अन्य देशहरुको तुलनामा नेपालले पूर्व तयारी गर्न प्रयाप्त समय हुँदा समेत तयारी सोही अनुरुप हुन नसक्नु पनि अर्को दुखद पक्ष हो ।

 

आर्कोशले व्यक्तिलाई नै हानीपुग्छ भन्ने ख्याल गर्दै सरकारलाई खबरदारी गर्ने छोड्नु हुन्न भन्ने पनि आम नागरिकले बुझिसकेका छन । सरकारले पनि हतारमा गलत काम गरेको प्रष्ट छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड विपरित सामान खरिद गर्ने, आवश्यक नै नभएका स्थानमा क्वारेन्टाइन खडा गर्ने यसले पनि सरकारले गरेका काम कारवाही प्रति आम आलोचनालाई बल पुगेको छ । अस्थाई संरचना जहाँ खडा गरियो ती के उपयुक्त ठाउँमा बने भन्ने अर्को प्रश्न हो ? खासगरी छिमेकी देश भारतमा रोजगारका लागि गएका नेपाली कुन भेगबाट बढी गएका छन भन्ने जिल्लाको पहिचान स्थानीय सरकारले राखेर सोही अनुसारका भौतिक संरचना खडा गर्ने सकेको भए भारतबाट आउनेहरुको बिचल्ली त हुने थिएन नी ? खै स्थानीय सरकारको दुरदर्शिता यस्तै बेलामा होइन र स्थानीय सरकारको काम देखिने ? गाउँगाउँमा पुगेको सरकारले स्थानीय कै सवाल पहिचान गर्न जरुरी देख्दैन भने ती जनताले कसरी सरकार छ भनेर अनुभूत गर्ने ?  कतिपय स्थानमा अस्थाई संरचना बनाउन जरुरी नै नभएका स्थानमा पुर्वाधार खडा गरिदैछ  यसो गर्नु भन्दा जहाँ आवश्यकता छ त्यसको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्नु राम्रो हुन्छ ,यसतर्फ पनि स्थानीय सरकारको ध्यान पुगोस ।

 

बिश्व नै अहिले यो माहामारीको चपेटामा छ । नेपाल भन्दा ५० औं गुणा स्वास्थ्यमा पहुँच भएका देशहरुलाई पनि कोरोनाको उपचार ठूलो चुनौतीको विषय भएको छ । उच्च आर्थिक हैसियत भएका मूलुकहरुले आमजनताको आवश्यकतालाई ध्यान दिँदै प्रभावकारी राहतका कार्यक्रमका लागि रकम नै घोषणा गरिसकेका छन । नेपालमा पनि राष्ट्र बैंकले केही सहुलिएतका कार्यक्रम ल्याउने घोषणा त गरेको छ तर त्यसको प्रभावकारिता मै प्रश्न उठ्ने देखिन्छ ।

 

सरकारले समयमा सुचना प्रवाह गर्न नसक्दा निमुखा जनताको दैनिकी झनै कहाली लाग्ने अवस्थामा पुग्ने निश्चित छ । यस्तो कठिन घडीमा सरकारको मात्रै मुख ताक्नु भन्दा व्यक्ति, समुदायस्तरबाट यस महामारीमा कसरी लड्ने सजग बन्दै सहयोगमा जुटौं ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार