• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

कोभिड–१९ मा ‘भागेको मान्छे’

काठमाडौं । सी एल प्लाटले लेखेका छोटो कथाहरुले अपराध र डरलाग्दा बिषयबस्तु बोक्ने गर्छन । उनको ‘द इस्केप्प म्यान’ निकै चर्चित कथा हो जसको आधारमा थुप्रै चलचित्रहरु बनाइएको छ । यसले डर, अपराध र मानसिक स्वास्थ्यको बारेमा गहिरो अध्ययन गरेको छ ।


कोरोना भाइरसको बेला यो कथाको सान्दर्भिकता छ । कसलाई कोराना लागेको छ भन्ने कुरा बाह्रिरी आवरण र स्वाभावबाट थाहा हुँदैन । आँफै बिरामीलाई पनि यो थाहा नहुँदा यो एकदम जटिल र शंकास्पद हुनेगर्छ । यो क्रममा हुने मानसिक भयसँग यो कथाको बिषयवस्तु मिल्न जान्छ ।

 

आकाशबाट मुसलधारे पानी परिरहेको थियो । पानी मुसलधारे पर्दा गाडी चलाए जस्तो महसुस भइरहेको थियो । उसले गाडीको गति अलि कम ग¥यो । यस्तो सुनसान रातमा यसरी गाडी चलाउँदा अझ बढी सतर्क हुनुपर्छ । 


यस्तो बेला सबैभन्दा नराम्रो केहि हुन्छ भने दुर्घटना वा कतै ठोक्किनु हो । त्यसैले पनि तपाई यस्तो हावाहुरी लागेको बेला घरमा नै बस्न रुचाउनु हुन्छ । गाडीको अघिल्लो भागको सिसालाई सफा गर्दै गरेको वाइपरले एक आकर्षक आवाज निकालिरहेको थियो । हेडलाइटको उज्यालोको भरमा उसले अगाडी नियालिरहेको थियो । झरिरहेको पानी गाडीमा पर्नासाथ सेतो आवाजले हस्ताक्षेप गरिरहेको भान हुन्थ्यो । यसले उसलाई कुनै भूतको फिल्ममा देखाइने सुरुवातको दृश्य याद दिलाउथ्यो । 


पानीको मुस्लो बीचबाट उसले बाटोको छेउमा टाढा उभिएको एक मान्छे जस्तो अस्पस्ट आकार देख्यो । त्यो व्यक्तिले हरियो न्यानो ज्याकेट लागेको थियो र बुढी औला अगाडी तेर्साएको थियो । किन यती राती कोहि यो पृथ्वीमा सित्तैमा गाडी चड्ने सहयोग मागिरहेको छ ? खुरुक्क भोली बिहानसम्म कुरे हुने । पक्कै पनि कहिँ जानु एकदम महत्वपूर्ण छ होला । 


उसले गाडीको गति बिस्तारै कम गर्यो र उक्त्त व्यक्तिलाई गाडी भित्र आउने इसारा गर्यो । उ गाडी भित्र पस्यो । छिटो छिटो ढोका बन्द गर्यो र पानीमा रुज्न देखि बचेकोमा खुसी व्यक्त गर्यो  । ज्याकेटको टोपी पछाडी राख्दै उसले लामो सास फेर्यो । ऊ करिब करीब  २५ बर्ष पुगेको होला । उसको नमिलाईएको लामो रातो कपाल र बाक्लो दारी थियो । गाडी अगाडी बढे संगै उक्त्त युबक निकै बेर टोलाएर बसिरहेको थियो । त्यसैबेला गाडी चालक मौनता तोड्न, ‘कस्तो डरलाग्दो रात, हैरु’ । युवकको अनुहारमा बर्षाको पानी झरिरहेको थियो । उसले जवाफ दियो, ‘हो । साच्चै हो ।’

 

गाडी चालकले झरीलाई तोड्दै गाडी आगाडी बढायो । उक्त युवक भने आफ्नो काधको माथि हुदै गाडीको पछाडी हेरिरहेको थियो । ‘तिमी ठिक छौ नि ?’ उक्त युवकले मात्र टाउको हल्लाउदै ठिक छु भन्ने इसारा गर्यो । केहि समय फेरी उनीहरु मौनतामा यात्रा गरिरहे । यो बिचमा गाडीको स्पिकरबाट बजिरहेको बिबिसी रेडियोले त्यो मौनतालाई पुरिरहेको थियो । गाडी अगाडी बढिरहेको बेला उनीहरुले रेडियो र आ–आफनै बिचारहरु सुनिरहे । 


गाडी चालकले सोध्यो,  ‘कहाँ जादैछौ ?’


युवकले इशारा गर्दै, उत्तर दिन्छ ।


‘साथीहरु भेट्न यात्रा गरिरहेको हो ?’


‘हाँ हाँ ।’


गाडी चालकले बुझ्न सकेन कि त्यो ‘हो’ भने को या ‘होइन ।’ उसले आफ्नो कोट र टाई मिलायो । बाक्लो ज्याकेट, पिंक टिसर्ट र अनौपचारिक शैलीमा बसेको उक्त्त युवकले गाडी चालकको औपचारिक स्वरूप हेरिरह्यो । उसले सोध्यो, ‘तपाई यतै काम गर्नु हुन्छ ?’


गाडी चालक, ‘हो । आज म अफिसमा धेरै बेर काममा अड्किनु पर्यो। तिमीलाई थाहा छ यस्तो बेला कस्तो महसुस हुन्छ ?’


‘छैन, बास्तवमा केहि थाहा छैन ।’


फेरी उनीहरु मौन रहिरहे ।


उनीहरु बतास र पानीसँग लड्दै अघि बढ्ने क्रममा रेडियोले सम्वाद कार्यक्रम चलाई रहेको थियो। युवक अलिकति ठाउ सर्यो र झ्याल बाट बाहिर हेर्‍यो। एकाएक उसले सोध्यो, ‘गीत छैन ?’


‘के ?’


‘यहा हामीले सुन्ने कुनै गित छैन ?’


‘मलाई यस्तै वार्तालाप हुने रिडियो कार्यक्रम मन पर्छ। म खासै संगीतको पारखी होइन ।’


उक्त्त युबक पुनस् केहि बेर टोलायो। अनि बोल्यो, ‘मलाई संगीत सुन्न एकदम मन पर्छ । यसले मलाई शान्त राख्छ ।’ गाडी चालक केहि बोलेन ।

 

धेरै नै अघि बढेपछि रेडियोमा एक समाचार आयो। रेडियो बाचक आफुलाई व्यवासायीक बनाउँदै सुचना पढ्न सुरु गर्छिन, ‘हामीले भर्खरै एक सूचना पाएका छौं कि म्यानचेस्टर पागलखानाबाट एक बिरामी भागेको छ । त्यो मान्छेको मानसिक अवस्था राम्रो छैन र उसले मान्छे मार्दै हिड्ने गरेको इतिहास छ ।’


उक्त युवकले हतार हतारमा आफ्नो औला रेडियोको बटनमा लग्यो र रेडियो बन्दगरी कुनै गित लगायो । गाडी चालकले उक्त युवकलाई हेर्यो र सोध्न मन लागेको प्रश्न मनमा नै राख्यो। 

 

‘मलाई समाचार मन पर्दैन । यो एकदम तनाव दिने खालको हुन्छ । यसले मलाई कमजोर बनाउँछ । यसले कहिले पनि राम्रो समाचार सुनाउँदैन । के राम्रा समचार साच्चै हुँदैनन त ?

 
गाडी चालकले कुनै उत्तर दिएन । 


युवकले आफ्नो ज्याकेटसँग खेल्दै भन्यो, ‘नआत्तिनुस । म त्यो पागल हत्यारा होइन ।’


‘होइन ?’ गाडी चालक अलि फरक हासों हास्दै, ‘मलाई थाहा छ त्यो तिमी होइनौ ।’

 

अनुवाद : नारायण

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार