• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

जे सिकायो त्यही सिक्छ मेरो पट्टु सुगा

बाहिर जानू हुन्न बाबू कोरोनाको डर छ 
डाक्टरले भन्नु भाछ भिडभाडमा सर्छ ।

 

स्कुल सबै विदा भाछन् बस घर भित्र 
राम्रा राम्रा कथा पढ नत्र बनाउ चित्र ।

 

आमासँग भान्सामा पकाउन सिक 
पढ्ने बेला भयो भने आफै किताब झिक ।

 

घरीघरी मोबाइलमा कति खेल्नु पब्जी 
आज बाबू पकाउने छ पक्कै मिठो सब्जी 

 

कहिले बजाउ हार्मोनियम कहिले बजाउ मादल 
तिमीलाई खुशी देखेपछि हराउने छ बादल ।

 

बाहिर चिसो हावा लाग्छ खोल बाबू झ्याल 
बुढा भका बाआमाको गर्नुपर्छ ख्याल ।

 

जे पाक्यो त्यही तिमीले खाउ मिठो मानी 
दुनियाँले भनोस् तिमीलाई कति धेरै ज्ञानी ।

 

कहिले गाउ गित गजल कहिले बनाउ चित्र 
कोरोनाको डर छ बाबू बस घरै भित्र ।

 

साबुनपानी लगाएर हात धुनुपर्छ 
नत्र भने हातबाट भाइरस सर्छ ।

 

जहाँ पायो त्यही तिमीले फाल्नु हुन्न लुगा 
जे सिकायो त्यही सिक्छ मेरो पट्टु सुगा ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार