• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

लकडाउनमा संगसंगै ऋतिक रोशन र सुजैन

मुम्बई । ऋतिक रोशन र सुजैन खानले लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर दुईछोरा ठुलो भएर बुझ्ने बेलामा उनीहरुले एक अर्कासँग नबस्ने निर्णय गरे ।

 

उनीहरुको डिभोर्स हुनुमा बिभिन्न कारणहरु र अन्य व्यक्तिहरुको सम्बन्ध भनेर अडकल गरिएपनि उनीहरुले  यो कुरालाई कहिल्यै बाहिर सार्वजनिक गरेनन् । उनीहरु हरेक सुखदुखमा सँगै देखिन्छन तर साथीको रुपमा वा आफ्ना सन्तानका संयुक्त अभिभावकका रुपमा । 

 

लकडाउनको बेला ऋतिक रोसनकी पुर्व श्रीमती सुजैन खान केहि समयको लागि पुन : ऋतिकको घर आएकी छन । यो क्रममा उनीहरुका जेठा छोरा १४ बर्ष पुगेको उपलक्ष्यमा उनीहरु चारजनाले सँगै बसेर जन्मदिन मनाएका थिए । परिवारका अन्य सदस्य जस्तै निर्देशक बुवा राकेश रोशन, आमा पिंकी रोशन, बहिनी र अन्यसँग भिडियो कलमा जोडिएका थिए ।

 

लकडाउन भएको कारण उनीहरुको काम रोकिएको छ भने दुईछोराको बिधालय पनि बन्द छ । त्यसैले ऋतिक पुर्व श्रीमती सुजैन बच्चाहरुसँग समय बिताउन आएकी हुन् । यो समयमा उनीहरु बच्चाहरुसँग रमाएका छन भने आफ्नो शिप बिकास गर्ने काम पनि गरिरहेका छन ।

 

फुर्सदको बेला ऋतिक पियानो बजाउन सिकिरहेका छन भने उनकी पुर्व श्रीमती इन्टेरियल डिजाइन हुन । उनी त्यहि आफ्नो काम गरिरहेकी छन । उनले आफनो इन्टस्टाग्राम मार्फत लेखेका छन कि, 'म पियानो बजाउने सिप सिक्दैछु । यो भिडियोको लागि सुजैनलाई धन्यबाद जो अहिले मेरो घरको डिजाइनमा भएको त्रुटी निरीक्षण गरिरहेकी छन ।' 

 

त्यस्तै सुजैन आफ्नो अनुभव सुनाउँछिन, 'म अस्थायी रुपमा रहेको घरमा बसी काम गरिरहेकी छु । एकदम राम्रो र आरामदायी यस ठाउँबाट मोहित गर्ने समुन्द्र किनारा देखिन्छ ।  साँचो कुरा, मैलै यसमा बानी भने पार्नु हुदैन ।'

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार