• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

लकडाउनमा बिक्की र कट्रिनाको प्रेमको चर्चा 

मुम्बई ।  बिक्की कौशल र कट्रिना कैफ केहि समयदेखि नजिक हुँदै गएको कुराको चर्चा ताजै छ । हाल उनीहरु कुनैपनि फिल्म वा अन्य कार्यक्रममा जोडिएका छैनन्,सगै खाएको वा हिडेको देखिदैनन् तर पनि बलिउडमा उनीहरु एक अर्काको प्रेममा रहेको हल्ला चलिरहेको छ । तर योबारे दुबैजना बिक्की कौशल र कट्रिना कैफ मौन बसेका छन । 

 

कोरोना र लकडाउनको बेला उनीहरु दुवै आ आफ्नो घरमा छन् । खाली समयमा दुवैजना सामाजिक सञ्जालमा एकदमै क्रियाशील भएको देखिन्छन् । यी दुईबिच प्रेम रहेको कुरा उनीहरु सामाजिक सञ्जालमा धेरै हिमचीम देखिएको हुनाले पनि हुन सक्कने धेरैको ठहर छ । 
 

जब प्रधानमन्त्री मोदीले  लकडाउनको घोषणा गरे, त्यसपछी दुवै कट्रिना र बिक्कीले  सामाजिक सञ्जालमा धेरै पोस्ट शेयर गरे । उनीहरुले सबैलाई लकडाउन मान्न र कोरोनाबाट बच्न अनुरोध पनि गरे । लकडाउनमा  एकातिर कट्रिनाले कुच्चो लगाएको र भाडाकुडा धोएको भिडियो पोस्ट गरेकी छिन् भने अर्कोतिर बिक्कीले आफ्नो आमासँग समय बिताएको तस्बिर राखेका छन् । 

 

यसपछि तीन दिन दुवैजनाले सामाजिक सञ्जालमा केहि कुरा पोस्ट गरेन्न । जब मोदीले प्रधानमन्त्री रिलीफ फण्डको लागि सहयोग मागे। यी दुवैले एकैदिन सामाजिक सञ्जाल मार्फत नै सहयोग दिने घोषणा गरेका थिए ।

 

यसरी दुवै एकै समय र एकै मितिमा सोसियल मिडियामा आउनु र त्यसबाट फेरी दुबै गायब हुनाले दुबै एकअर्काको प्रेममा छन भनेर अड्कल गरिएको छ । कट्रिना कैफ अक्षय कुमारसँग सूर्यवंशीमा देखिन तयार छिन भने बिक्कीका केहि फिल्महरु रिलिज हुने तयारीमा छन् ।  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार