• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

यस्तो छ सरकारको राहत, विद्युतमा २५ प्रतिशत छुट

काठमाडौं । सरकारले कोरोना भाइरस लकडाउनबाट परेको प्रभाव कम गर्न विद्युत, फोन, इन्टरनेट महशुलमा छुट दिने निर्णय गरेको छ ।

 

आजको बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिए । गर्भवती, अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी र टुहुरा बालबालिकाका लागि सरकारले विशेष हेरचाह गर्नेछ ।

 

औपचारिक क्षेत्रका मजदुरलाई रोजगारदाताले नै पारिश्रमिक उपलब्ध गराउने, पूर्णरुपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानले दैनिक र महिनावारी ज्यालादारीमा कार्यरत कर्मचारीलाई २०७६ चैत महिनाको पारिश्रमिक पूर्ववत् भुक्तानी दिने निर्णय भएको अर्थ मन्त्री खतिवडाले जानकारी दिए ।

 

व्यावसायिक प्रतिष्ठानले व्यवसाय सञ्चालन नभएसम्मका लागि प्रतिष्ठानस्तरको कल्याणकारी कोषको रकम उपयोग गर्न सक्नेछन् । सामाजिक सुरक्षा कोषमा आबद्ध भएका प्रतिष्ठानमा कार्यरत श्रमिक तथा रोजगारदाताका तर्फबाट चैत महिनामा गर्नुपर्ने योगदान रकम नेपाल सरकारले सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने निर्णय समेत गरिएको छ ।

 

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चामल, पिठो, दाल, नुन, चिनी, खाने तेल लगायत खाद्य सामग्री अहिले कायम रहेको मूल्यमा १० प्रतिशत छुट दिइ बिक्री वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

 

दूर–सञ्चार कम्पनीले लकडाउनको अवधिमा इन्टरनेट र डाटा प्याक प्रयोग गर्नेका लागि २५ प्रतिशत छुट दिने र निजी सेवा प्रदायकले समेत छुट दिने व्यवस्था मिलाउने सरकारले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार