• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

आलिया र रणवीर – लभ इन द टाइम अफ लकडाउन

मुम्बई । संसारभरीका धेरै देशहरुका मान्छेहरु अहिले कोरोना भाइरससंग लड्न लकडाउन, आइसोलेसन र क्वारेन्टाइनमा आफ्नो घरमा बसेका छन ।

 

मार्च २४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई घरमा बस्न गरेको आग्रह सँगै बलिउड पनि लकडाउन भएको छ । सबै कलाकारले यो कदमलाई स्वागत गर्दै आआफ्नो घरमा नै बसेका छन – सामाजिक दुरी कायम राखेका छन ।

 

तर बलिउडको एक जोडी भने यो लकडाउनको अवसरमा सँगै देखिएका छन ।  उनीहरु जीम गर्दा लगाउने कपडामा सँगै हिडेको भिडियो अहिले भाइरल भएको छ । यो भिडियो दुवै कलाकारका फ्यान क्लब र पेजमा हालिएको छ ।

 

भिडियो हेर्दा उनीहरु घर बाहिर गएको होइन भन्ने प्रस्ट हुन्छ ।  तर उनीहरु घरभित्र कम्पाउन्डमा नै सँगै हिडेका छन् र उनका पछि रणवीरको कुकर पनि देखिएको छ । यो लकडाउनको बेला यसले यो प्रस्ट पार्छ कि यी दुई जोडी रणवीरको घरमा संगै छन । यसले यो पनि अनुमान लगाउन सकिन्छ कि  उनीहरुको सम्बन्धलाई उनीहरुको परिवारले पनि स्वीकारी सकेका  छ ।  उनीहरु आगामी बर्ष बिहे गर्ने कुरा पनि चर्चामा छ  । तर अहिलेसम्म औपचारिक रुपमा यी दुईले आफ्नो सम्बन्धलाई साथीको रुप भन्दा अन्य  केहि नाम दिएका छैनन् । 

 

यो भन्दा अघि दीपिका पादुकोणसँग सम्बन्धमा रहेका रणवीरको नाम केहि समय कट्रिना कैफसँग पनि जोडिएका थियो । उनले यी दुवैसँग सगै बस्ने र हिड्ने गरे पनि कहिले एक-अर्कासँगको सम्बन्धलाई औपचारिक रुपमा प्रस्तुत गरेका थिएनन । दीपिकाले त आफ्नो गर्दनमा रणवीरको नामको ट्याटु नै बनाएकी थिइन  । कट्रिनासँगको हिमचिम बढ्दै जाँदा उनको सलमान खानसँगको सम्बन्ध बिग्रेको थियो । त्यस्तै आलियाको नाम भने समय समयमा वरुण धवन र सिद्दार्थसँग जोडी रहन्थ्यो । 

 

दुवै बलिउडका शक्तिशाली फिल्मी परिवारका सदस्य हुन्। सन् २०१८ पछि उनीहरु धेरैपटक बिभिन्न कार्यक्रम र ब्यक्तिगत रुपमा सँगै देखिएका थिए । आयन मुखर्जीको 'ब्रम्हास्त्र' मा पहिलो पटक उनीहरुसँगै काम गरिरहेका छन । अति  व्यस्त दुवै कलाकार यो लकडाउनमा पनि एक अर्कासँग सगै समय बिताउन पाएकोमा धेरै नै खुशी देखिन्छन्  । एजेन्सी


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार