• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
प्रविधी

सावधान ! इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुनसक्छ

काठमाडौं । कोरोना भाइरस (कोभिड – १९) का कारण एक सातासम्म घरमै बस्न सरकारले आग्रह गरेको तेस्रो दिनसम्म आइपुग्दा इन्टरनेटको खपत तेब्बर बढेको छ ।

 

यो सँगै जुनसुकै बेला इन्टरनेट सेवाप्रदायकहरूले जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेटको खपत कम गर्न आग्रह गरेका छन् ।

 

दूरसञ्चार तथा निजि क्षेत्रका इन्टरनेट सेवाप्रदायकको सेवा करिब देशैभर बिस्तार भइसकेको र घरबाहिर जान नपाउने अवस्थामा इन्टरनेट प्रयोग नै एकमात्र विकल्प बन्दा यसको खपतमा उच्च दरमा बढेको बताएका छन् ।

 

यसबाहेक कोरोना भाइरस सँग सम्बन्धित सूचना तथा जानकारीका लागि पनि अनलाइन सजिलो माध्यम भएकोले अन्य दिनमा भन्दा इन्टरनेटको खपत तुलनात्मक रूपमा बढेको हो । संकटको घडीमा इन्टरनेटको प्रयोग सहि तरिकाले गर्न इन्टरनेटमा बिताउने समय कम गर्न इन्टरनेट सेवा प्रदायकहरूले आग्रह गरेका छन् । 

 

नेपालमा सामान्यतः बेलुका ७ बजेदेखि राति १० बजेसम्मको समयलाई इन्टरनेटको पिक आवर मानिन्छ तर मंगलबार दिउँसो १२/१ बजेतिर नै पिक आवरभन्दा बढी इन्टरनेट ब्यान्डविथ खपत भएको भायनेट कम्युनिकेसनका प्रबन्ध निर्देशक विनय बोहराले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार