• शनिबार १-८-२०८१/Saturday 04-20-2024
शिक्षा

हिसानले मातहतका स्कुल तथा कलेजलाई क्वारेन्टाइन बनाउने

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर आवश्यक परे  आफ्नो शिक्षालयमा पाँच हजार जनालाई राख्न मिल्ने क्वारेन्टाइन बनाउन दिने भएको छ ।

 

हिसानको बिहीबारको आकस्मिक बैठकले सरकारसँगको समन्वयमा उपयुक्त भैतिक पूर्वाधार भएका हिसान मातहतका स्कुल तथा कलेजमा तत्काल त्यस्तो व्यवस्था मिलाउने निर्णय गरेको हिसानका सचिव रामहरी सिलवालले जानकारी दिए । ठूला संरचना भएका कलेजका फर्निचर बाहिर राखेर कक्षाकोठा र हलमा क्वारेन्टाइन बनाउन मिल्ने  सिलवालको भनाई छ ।

 

सरकारले यही चैत मसान्तभित्र कुनै भेला, सम्मेलन आयोजना नगर्न आग्रह गरेको स्थितिमा हिसानले आगामी वैशाखमा हुने तय गरेको दोस्रो हिसान अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन, भेला र अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ । सरकारको निर्णयका आधारमा चैत मसान्तसम्म सबै शैक्षिक गतिविधि, परीक्षा र तालिम समेत बन्द भएका छन्  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार