• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
फेशन

व्याचलर पार्टीमा रमाउँदै आयुष्मान देशराज

काठमाडौं । कलाकार आयुष्मान देशराज जोशीले आफ्ना नजिकका साथीहरुसंग व्याचलर  पार्टी मनाएको तस्वीरहरु आफ्नो  ईन्ष्टा एकाउन्टमा शेयर गरेका छन् ।  

 

पोखराको वाटरफ्रट रिसोर्टको  यो उपलक्ष्यमा उनलाई उनका भाई असिरमान लगायत सुशान्त,अरनीको सिंह, विवेक ,राग देशराज ,माज असरफले साथ दिएका थिए ।

 

त्यस्तै अभिनेत्री प्रियंका कार्कीले केही समय अगाडि  आफ्नो नजिकको साथीहरु संचारकर्मी सहाना ,मोडल आस्था, फेशन डिजाइनर शिवांगी, रेहाना ,श्रेयसँग थाइल्याण्ड पुगेर व्याचलर पार्टी मनाएकी थिइन ।  

 

प्रियंकाले आफ्नो ईन्ष्टा एकाउन्टमा शेयर गरेको  आकर्षक एव ग्ल्यामर तस्वीरहरुले  मिडियामा निकै चर्चा पाएको थियो ।  प्रियंका कार्की र आयुष्मान देशराज जोशी यही फागुन १५ गते बैवाहिक बन्धनमा बाधिँदैछन् । उनीहरु  इन्गेजमेन्ट भएको करिब दुईवर्ष पछि विवाह बन्धनमा बाँधिन लागेका हुन् । 

 

बिहे हुन् अघि दुबैजनाले आ-आफ्नो साथीहरु सहित व्याचलर पार्टी मनाएका  हुन् ।  युरोपेली मुलुकमा  बिवाह हुन् अघि केटाले आफ्ना साथीहरु संग र केटीले आफ्ना केटी साथीहरुसंग रमाइलो गर्ने बिहे अघिको स्वतन्त्रता खोसीनु अघिको रमाईलोपनको रुपमा व्याचलर  पार्टीलाई लिने गरिन्छ । 

 

आयुष्मानले आफ्नो नजिकको साथीहरुसँग व्याचलर  पार्टी आफ्नै तरिकाले गरेपनि तस्वीरहरु भने प्रियंकाको व्याचलर  पार्टीको हुबहु फलो गरेको देखिएको छ । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार