• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ७८ हजार ८ सयमा कारोबार

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले  नयाँ रेकर्ड कायम गरेको छ । छापावाला सुनको मूल्य ७८ हजार ८ सयमा कारोबार भइरहेको  छ ।

 

शुक्रबार प्रतितोला ७८ हजार १ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेर फेरि अर्को रेकर्ड बनाएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुनको मूल्य ७८ हजार ५ सयमा कारोबार भइरहेको  छ ।

 

चीनमा फैलिएको कोरोना भाइरस संक्रमण र शक्तिशाली राष्ट्रबीचको तनावका कारण विश्व बजारमा सुनको मूल्यमा प्रभाव परेको हो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार