• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

आजबाट प्रधानमन्त्री ओली ६९ वर्षमा प्रवेश, जन्मथलोमा सार्वजनिक बिदा 

तस्वीर : परराष्ट्र सल्लाहकार राजन भट्टराईको फेसवुकबाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजबाट ६९ वर्ष लागेका छन् । प्रधानमन्त्री जन्मदिन मनाउन पुख्र्यौली घर  आउने भएपछि तेह्रथुमको आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।

 

आठराई जानुअघि प्रधानमन्त्री ओलीका शुभेच्छुकहरुले उनलाई बालुवाटारस्थित निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन्।

 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायत बालुवाटार पुगेर जन्मदिनको बधाई दिँदै दिएका थिए।

 

प्रधानमन्त्री ओली दिउँसो हेलिकोप्टरमा जन्मथलो, अठराइ सल्ले जाँदैछन् । जन्मदिनकै अवसरामा आठराइ गाउँपालिकाका विभिन्न विद्यालयमा पढ्ने दुई हजार विद्यार्थीलाई शैक्षिक सामग्री र चार सय वृद्धवृद्धालाई न्यानो कपडा बाँड्ने कार्यक्रम छ ।

 

त्यस्तै प्रधानमन्त्री ओलीले त्यहाँ स्थानीय बाटोको शिलान्यास गर्नुका साथै र नेपाल बैंकको शाखाको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ । २००८ साल फागुन ११ गते तेह्रथुमको आठराईमा प्रधानमन्त्री ओलीको जन्म भएको हो। २००८ सालमा आठराइमा जन्मेका प्रधानमन्त्री ओलीको परिवार २०२० सालमा झापामा बसाई सरेको थियो ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार