• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

गायक सन्जिब पराजुलीको ‘बाल्यकालको सम्झना’ सार्वजनिक

काठमाडौं । गायक सन्जिब पराजुलीको नयाँ गीत ‘बाल्यकालको सम्झना’ को भिडियो सार्वजनिक भएको छ ।

 

‘नाई मलाई थाहा छैन’, ‘किन कर्के’ लगायत हिट गीतका गायक सन्जिबको नयाँ अघिल्लो संस्करणको ‘बालापनको उमेर’को दोस्रो संस्करणको यो गीतलाई ‘बालापनको उमेर २–बाल्यकालको सम्झना’ नाम दिइएको छ । गीतमा संगीतकार बसन्त सापकोटाको शब्द र संगीत छ ।

 

गीतको छायांकन ललितपुरको छम्पी देवी उच्च माध्यमिक विद्यालयमा गरिएको हो । गीत खिचिएकै स्थानमा पुगेर भिडियो सार्वजनिक गरिएको छ । ‘जुन स्कुलमा हामीले खिचेका थियौं, त्यहींका विद्यार्थी भाइबहिनीहरुसँग बसेर गीत सार्वजनिक गर्ने मन भएर सोही स्कुलमा पुगेका थियौं’, गायक पराजुलीले भने । उनका अनुसार भिडियो निर्माण टिमले सुटिङ गरिएको स्कुलमा केही आर्थिक सहयोग पनि गरेको थियो ।

 

गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा सन्जिब पराजुली, सिम्रन कार्की, विप्रभ सापकोटा, सालिन पराजुली र सन्रिका भट्टराईको अभिनय रहेको छ । प्रभा आचार्य सहायक निर्देशक रहेको भिडियोमा फराज अर्पनको छायांकन तथा सम्पादन छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार