• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

सुत्केरीको हेलिकोप्टर मार्फत उद्धार 

दार्चुला । महाकाली नगरपालिका–१ की एक सुत्केरीको हवाई उद्धार गरिएको छ । जिल्ला अस्पतालमा सुत्केरी भएकी ३२ वर्षीया कौसिला धामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । 

 

सुत्केरी हुनु समयअगावै धामीले बच्चा जन्माएकी हुन् । छ महिनामै बच्चाको जन्म दिएपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ । 

 

प्रजिअ यदुनाथ पौडेलको विशेष पहलमा सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिलाको उद्धार गरिएको हो । 

 

दोस्रो सन्तानका रूपमा धामीले बच्चा जन्माएको बताइएको छ । धामी महिला तथा बालबालिका कार्यालय नौगाडमा कार्यरत छिन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार