• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

गायक प्रकाश सपुत अब नायक बन्ने

काठमाडौं ।  चलचित्र  ‘परदेशी–२’ को सुभ मुहूर्त गरिएको छ । चलचित्रको निर्देशक नारायण रायमाझी हुन । चलचित्रमा प्रकाश सपुत नायकका रुपमा देखिँदैछन् भने नायिका मा वर्षा शिवाकोटी रहने छिन् ।

 

गायक प्रकाशको यो पहिलो चलचित्र हो । दोहोरी ब्याटल, बोल माया, गलबन्दी लगायत लोकप्रिय गीतका गायक प्रकाशलाई अब दर्शकले नायकको रुपमा पनि देख्न पाउने भएका हुन् । 

 

रमेश बिजीले लेखेका कथालाई ‘परदेशी’को पहिलो सिरिजमा नायकको रुपमा डिन्डियन आइडल प्रशान्त तामाङले अभिनय गरेका थिए । चलचित्रको छायांकन दुई महिनासम्म हुनेछ ।दसैंको सेरोफेरोमा चलचित्र प्रदर्शन आउनेछ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार