• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ दर्शन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गरेकी छिन् । महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारी शुक्रबार पशुपतिनाथ मन्दिर पुगेर करिब १५ मिनेट आराध्यदेव शिवको विशेष पूजाआजा गरेकी हुन ।

 

नेपालका राष्ट्राध्यक्षले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार उहाँले पशुपतिनाथको दर्शनसँगै पुजाआजा गरिन् । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पूजाआजा गरे ।

 

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए । राष्ट्रपति उपस्थित हुने भएपछि पाशुपत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार