• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

फ्राइडे रिलिज  : ‘आमा’ र  ‘सेन्टी भाइरस'

काठमाडौं । नेपाली समाजमा आमा–बाबुको निधनमा हुँदा छोराले मात्र कपाल मुण्डन गर्ने र दागबत्ती दिने मान्यता छ तर चलचित्र आमामा आमा–बाबुको निधन हुँदा छोरीले कपाल मुण्डन र आमा–बाबु चिताको दागबत्ती दिँदा स्वर्गमा बाँस पाउँछन् भन्ने अन्धविश्वास प्रति ब्यङ्ग गरिएको छ ।

 

चलचित्र फागुन ९ गते आज  महाशिवरात्रीको दिन प्रदर्शमा  आएको छ । चलचित्रमा अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्त नयाँ अवतारमा देखिएकी छिन् भने अन्य कलाकारहरुमा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतको अभिनय देख्न सकिन्छ । डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको चलचित्रलाई निर्देशक दीपेन्द्र के खनालले लेखन , छायाङ्कन र निर्देशन गरेका छन् ।

 

 

यस्तै धुर्मुस सुन्तलीको चलचित्र  ‘सेन्टी भाइरस’ पनि आज नै रिलिज भएको छ ।  पछिल्लो समय समाजसेवामा सक्रिय यो नाम धेरै पहिलाबाट आफ्नो निर्माणमा चलचित्र लिएर आउने तयारीमा रहेको छ । चलचित्रलाई रामबाबु गुरुङ्गको निर्देशन गरेका छन् ।

 

हास्य व्यङग्यमा आधारित चलचित्रमा सीतारमा कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, बुद्दि तामाङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार