• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाडौं । नेपाली शेयरबजारमा आज बिहीबार इतिहासकै धेरै कारोबार भएको छ ।

 

आज एकैदिन २ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बराबरका ५८ लाख २९ हजार कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्स्चेन्ज लिमिटेडले जनाएको छ । 

 

आज भएको २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको कारोबारले एकै दिन भएको धेरै कारोबारको इतिहास बनाएको छ । उच्च कारोबारसँगै सेयर बजार परिसूचक नेप्से आज झण्डै ३० अंकले बढेको छ ।

 

नेप्से आज २९ दशमलव ३२ अंकले बढेर १४ सय ३४ दशमलव ५७ विन्दुमा पुगेको छ । आज ट्रेडिङबाहेक सबैजसो समूहको शेयरहरु उकालो लागेका छन् । 

 

जीवन बिमा समूह सबैभन्दा उच्च ३ सय ८५ विन्दुले बढ्यो भने निर्जीबन बिमा समूहमा पनि ३ सय ७४ अंकको उच्च वृद्धि आयो । यसदिन लघुवित्त समूह पनि १ सय ५९ अंकले उक्लिएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार