• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

 मेरो बारेमा प्रश्न उठेकाले राजीनामा गरे : बास्कोटा

काठमाडौं । ‘सेक्युरिटी प्रेस’ खरिद प्रक्रियामा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड घूस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।

 

प्रधानमन्त्री ओलीलाई आफ्नो राजीनामा बुझाए लगतै ट्वीट गर्दै उनले भनेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’

 

सरकारले स्वदेशमै नोट, राहदानी, चेकबुक र वायोमेट्रिक कागजातलगायतको एकीकृत छपाइका लागि राष्ट्रिय सुरक्षण छपाइ प्लान्ट (सेक्युरिटी प्रेस) राख्ने निर्णय गरेको तीनवर्षअघि नै गरेको थियो ।

 

अडियो कुराकानी सार्वजनिक सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा माग गर्दे चौतर्फी आलोचना भएको थियो । प्रमुख प्रतिपक्षी दल कांगै्रेस लगाएतले सञ्चारमन्त्री बाँस्कोटा राजीनामा माग गर्दे दिन दवाब दिन थालेका थिए ।

 

सेक्युरिटी प्रेस खरिदका लागि सूचना तथा सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड घूस मागेको अडियो बुधबार बेलुका सार्वजनिक भएको हो ।

 

Gokul Prasad Baskota@GokulPBaskota

मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।

1,071

4:08 PM - Feb 20, 2020

Twitter Ads info and privacy

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार