• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

जर्मनीमा बन्दुक हमला, आठ व्यक्तिको मृत्यु

जर्मनी । पश्चिम जर्मन शहर हानाउमा भएको बन्दुक हमलामा ८ जनाको मृत्यु भएको छ । 

 

अज्ञात व्यक्तिले दुई सिसा बारमा गराएको उक्त घटनामा ५ जना घाइते भएका छन्। प्रहरीले बीबीसीलाई बताए अनुसार राति करिब १० बजेतिरका घटना हुन्। घटनापछि सन्दिग्धहरू फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। गोलीकाण्ड भएको हानाउ शहर फ्र्याङ्कफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्छ।

 

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पहिलो गोलीकाण्ड मध्य हानाउस्थित एउटा बारमा भएको थियो भने दोस्रो घटना हनाउकै केसेल्सटाटस्थित अर्को बारमा भएको थियो। दुवै घटनास्थललाई प्रहरीले घेरा हालेका छन् र हवाई गस्ती पनि गरिँदैछ।

 

अज्ञात सङ्ख्यामा रहेका बन्दुकधारीहरूले पहिलो शीशाबारमा आक्रमण गर्दा तीनजना र दोस्रोमा पाँचजना मारिएको एउटा स्थानीय टेलिभिजनले जनाएको छ।

 

अहिलेसम्म आक्रमणको उद्देश्य थाहा हुन नसकेको प्रहरीद्वारा जारी एउटा वक्तव्यमा भनिएको छ। सन्दिग्धबारे सूचना पाउने प्रयासस्वरूप सर्वसाधारणका लागि टेलिफोन हटलाइन स्थापना गरिएको छ। बन्दुक राख्ने पाउने विषयमा कडा कानुन भएको जर्मनीमा गोलीकाण्डका घटना विरलै हुन्छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार