• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

रणवीर सिंह अब कपिल देव बन्ने

मुम्बई । कपिल देव भारतीय क्रिकेट टिमका पुर्व कप्तान हुन । उनको नेतृत्वमा भारतले पहिलो बिश्व कप क्रिकेट जितेको थियो – १९८३ मा ।

 

सानो गरिब परिवारमा जन्मेका कपिलले रास्ट्रिय सम्मान पनि पाएका थिए ।  तर पनि उनले आफनो खेल जीवनमा अनेकौं उतारचढाव भोग्नु पर्यो । अहिले उनको जीवनीमा आधारित फिल्म बन्दै छ । फिल्मको नाम हो ‘८३’ ।  फिल्मको धमाधम  सुटिङ भईरहेको छ ।

 

फिल्ममा रणवीर सिंह कपिल देवको भूमिका गरिरहेका छन्  । आफ्नो स्वाभाविक कलाकारिता बिकास गर्न सुटिङ अघि उनले कपिल देवसँग संगत गर्ने, उनको कुरा सुन्ने र सगै क्रिकेट खेल्ने जस्तो अभ्यास गरेका थिए । केही भिन्न भुमिका गर्न रुचाउने कलाकार  रणवीर सिंह र उनका साथीहरुको फिल्मको तस्बिर सामाजिक सञ्चालमा राखेका छन् । 

 

सुटिङ चलिरहेको यस फिल्मको चर्चा अहिले धेरै हुन थालेको छ । यो चर्चाको कारण रणवीरको श्रीमती दीपिका पादुकोण पनि हो । फिल्ममा रणवीर र दीपिका श्रीमान श्रीमतीको भुमिकामा देखिँदैछन् । रणवीर कपिल देवको भूमिकामा देखिँदै छन् भने दीपिका कपिलको श्रीमती रोमी देवको भुमिकामा देखिने भएकी छिन् ।

 

दीपिकाले आफ्नो सामाजिक सञ्जालमा दुबैको नयाँ लुक्सको फोटो राखेकी छिन् । उनले भनेकी छिन्, ‘ती महिला जो आफ्नो सपना भन्दा आफ्नो श्रीमानको सपनाको अघि राख्छन ।मैले मेरो आमामा बुवा प्रति त्यो देखेको थिए ।

 

मेरो यस फिल्ममा सानो तर महत्वपूर्ण भूमिका छ । दीपिकाको छोटो कपाल र रणवीरको जुँगाले पक्कै नै धेरैलाई आकर्षित गर्छ । तस्वीरको लुक्समा यी दुई एकअर्कालाई हेरिरहेको देखाइएको छ । कबिर खानले निर्देशन गरेको  फिल्म अप्रिल १० मा प्रदर्शनमा आउँदैछ । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार