• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

वुहानबाट ल्याइएका नेपालीमा कोरोनाभाइरस नभएको स्वास्थ्य मन्त्रालयको पुष्टि

काठमाडौं । चीनको वुहानबाट स्वदेश फिर्ता ल्याइएका १ सय ७५ जना नेपालीमा अहिलेसम्म कोरोनाभाइरसको संक्रमण नदेखिएको पुष्टि भएको छ ।

 

वुहानबाट क्वारेन्टाइन स्थल खरिपाटीमा आएको दिन नै परीक्षणको लागि सबैको नाक र घाँटीको र्‍यालको नमूना संकलन गरिएको थियो । आज स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै संक्रमण नदेखिएको पुष्टि गरेको हो।


नमूना संकलन गर्न  चार घण्टा लागेको थियो । क्वारेन्टाइनमा बसेकाहरूको दुई पटक स्वास्थ्य परीक्षण गरिने भनिएको छ । नेपाल फर्केका मध्ये १७० विधार्थी, २ बालबालिका, २ पर्यटक र १ कामदार रहेका छन् ।

 

उनीहरुलाई भक्तपुरमा रहेको विद्युत तालिम केन्द्रमा राखिएको छ । उनीहरूलाई गत आइबार बिहान वुहानबाट काठमाडौं ल्याइएको थियो। पहिलो परीक्षणको नतिजा आज आएको छ भने अर्को परीक्षण चौंधौ दिनमा गरिनेछ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार