• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

'मनमा शंका उब्जिए आफुलाई सम्हालेर राख्छु'

तपाईसँग सबैभन्दा बहुमुल्य बस्तु के छ ?
मसँग भएको सबैभन्दा बहुमुल्य बस्तु भनेको मेरो गाडी हो । 

 

यदी घर छाडेर जानुपर्दा एउटा बस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ?
घर छाडेर जाँदा अन्य कुरा भन्दा म आफनो मोबाइललाई नै धेरै प्राथमिकता दिन्छु । 

 

तपाईलाई आफनो सबैभन्दा बढी गर्व लाग्ने बस्तु के हो ? 
मलाई आफनो सबैभन्दा धेरै गर्व लाग्ने कुरा भनेको मेरो काम नै हो । 

 

घरको कुन कोठामा सबैभन्दा बढी मन पर्ने बस्तुहरु छन् ?
आफनै कोठा, मेरो बेडरुममा भएको बेड एकदमै मन पर्छ । बेडमा म धेरै सामानहरु राख्न पनि रुचाउँदिन । 

 

कुन बस्तु किन्दा सबैभन्दा बढी सन्तुष्टि मिल्छ ?
मलाई लुगा एकदमै किन्न मन लाग्छ । नयाँ नयाँ लुगा किन्नु मेरो रुची हो । 

 

कुन बस्तु बिना तपाई एकछिन बाच्न सक्नुहुन्न ? 
त्यस्तो त खासै केही छैन । यसमा पनि लुगा नै हो । लुगा बिना हामी कसरी बाच्न सक्छौं र । 

 


   
तपाईले कहिल्यै आफुले महत्वपुर्ण ठानेको बस्तु चोर्नुभएको छ ?
चोर्नु, छि चोरेको छैन ।  

 

आफना बस्तुसँग तपाईको आत्मियता कत्तिको छ ? 
मलाई आत्मियता छ तर खासै धेरै मतलब भने राख्दिन । यही बानीले घरमा गाली खाईरहेकी हुन्छु । 

 

तपाईले बाल्यकालमा कुन बस्तुलाई धेरै महत्वपुर्ण ठान्नुभयो ?
मेरो कुकुर मलाई एकदमै महत्वपुर्ण लाग्थ्यो । 

 

तपाई कस्तो स्वभावको महिला हो ? 
म एकदमै महत्वकांक्षी छु र जे हो त्यो सिधै भन्छु । मेरो कुरा चपाएर बोल्ने बानी छैन । 

 

 

जीवनमा कहिले कोही मन परेको छ ?
यो त साधारण कुरा हो । साथीभाईहरु मन परिहाल्छ नी ।


राती घरबाट बाहिर जानुपर्दा कहाँ जानुहुन्छ ?
अहिले त खासै पनि निस्कन्न । यदी गईहाले भने साथीहरुसँग रमाइलो गर्न जाने हो । 

 

तपाईले कसैलाई नभनेको आफना तीन बानी के के हुन ?
म झन्नक रिसाउँछ, बिहान ढिला उठ्छु र मनमा केही कुरा राख्न सक्दिन । 

 

तपाईको मन पर्ने फेसन शैली कुन हो ?
त्यस्तो खासै छैन । म क्याजुयल नै मन पराउँछु । 

 

यदी मनमा शंका उब्जिए के गर्नुहुन्छ ?
त्यस्तो हुनै दिन्न । म आफुलाई एकदमै सम्हालेर राख्छु । 

 

कस्तो खालको केटा मन पर्छ ?
म जस्तै महत्वकांक्षी  । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार