• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

 एन्जियोग्राफी गरेर अस्पतालबाट फर्किए प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कोरोनरी एन्जियोग्राफी गरिएको छ ।

 

मनमोहन कार्डियोथोरासिक सेन्टरमा मंगलबार बेलुका करिब साढे ५ बजे उनको मुटु परीक्षण गरिएको हो । डा. अरुण सायमीको नेतृत्वको टोलीले उनको मुटुको परीक्षण गरेको थियो। अस्पतालको स्रोतका  अनुसार प्रधानमन्त्री ओलीको मुटुको अवस्था सामान्य रहेकाले उनलाई आजै साँझ डिस्चार्ज गरिएको बताएका छन् ।

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको मुटुको सामान्य परीक्षण मात्रै गरिएको बताए। उनले भने, 'प्रधानमन्त्रीको अन्य अंग झैं मुटुको पनि सामान्य परीक्षण गरिएको हो।' नियमित परीक्षणमा जानुभएको हो । फर्किनु भईसक्यो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार