• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

कोभिड-१९ का कारण मर्नेको संख्या १८ सय नाघ्यो

चीन । कोभिड-१९ बाट मर्नेको संख्य १८०० भन्दा माथी पुगेको छ । नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट हुने रोगलाई कोभिड(१९ नाम दिइएको छ। यो सङ्क्रमणमा बिरामीलाई श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ। 

 

मृत्यु हुनेमा चीनमा मात्रै १८६३ जना रहेका छन् । जापानमा एकजना, हङकङमा एकजना, ताइवानमा एकजना, फ्रान्समा एकजना र फिलिपिन्समा एकजनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


चीनमा आहिलेसम्म ७१ हजार व्यक्ति नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित देखा परेको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले हुबे प्रान्तमा सङ्क्रमित हुनेहरूको सङ्ख्या घट्दै जानुका साथै निको हुने मानिसहरूको सङ्ख्या पनि बढ्दो रहेको बताए। देशभरि ुगम्भीर अवस्थाु का बिरामीहरूको सङ्ख्या १५ प्रतिशतबाट घटेर सात प्रतिशत पुगेको चीनको स्टेट काउन्सिलले जनाएको छ ।

 

हुबेइ र वुहान भाइरसबाट सबैभन्दा बढी प्रभावित भएका क्षेत्र हुन्। हुबेइका मानिसहरु आपत्कालीन अवस्थामा बाहेक अरु समय निस्किन पाउने छैनन् । साथै खाद्यान्न तथा अन्य सामान खरिद गर्न प्रत्येक घरबाट एक जनालाई तीनतीन दिनमा बाहिर निस्किन अनुमति दिइनेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार