• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य समायोजन गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुईका दरले घटाइएको हो । 

 

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

 

निगमका अनुसार पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टितेल समान रु ९७ कायम भएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११० र डिजल तथा मट्टितेल प्रतिलिटर रु ९९ रहेको थियो । 

 

इन्डियन आयल कर्पोरेसनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार