• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

सर्वाधिक धनी र चर्चित अभिनेता ब्राड पिट

काठमाडौं ।  ३३ वर्षे  हलिउड अभिनेता ब्राड पिटले यसपटक बल्ल पहिलो ओस्कार अवार्ड जिते । फिल्म ‘वान्स अपअन अ टाइम इन हलिउड’ का लागि ब्राडले सहअभिनेताको ओस्कार जितेका हुन् । जब कि अन्य अवार्डमा भने एक सय ८६ पटक मनोनीत हुँदै एक सय ६ वटा जितिसकेका छन् ।

 

आजका सर्वाधिक धनी र चर्चित अभिनेता ब्राडको सुरुवाती करिअर भने यति चम्किलो थिएन । सन् १९९१ मा उनले पहिलो ब्रेक पाएका थिए, गिना डेभिस र सुसन सरानडनको फिल्म ‘थेल्मा एन्ड लुइस’ मा । जसमा केवल ७ मिनेट मात्रै उनी पर्दामा देखिन पाएका थिए भने पारिश्रमिक स्वरूप जम्मा ६ हजार डलर । तर त्यसपछि भने ब्राडको करिअर र पारिश्रमिकको उचाइ बढ्दै बढेको थियो । फिल्ममा डेब्यु गरेको चार वर्षभित्रै उनले लाखौं पारिश्रमिक लिने भइसकेका थिए ।

 

‘सेभेन’ का लागि ४० लाख डलर पारिश्रमिक लिएको लगत्तैको वर्ष ‘स्लिपर्स’ मा उनले एक करोड डलरमा आफ्नो पारिश्रमिक बढाएका थिए । पछिल्लो फिल्म ‘वर्ल्ड वार जेड’ मा त उनले आफ्नो करिअरकै उच्च २ करोड डलर लिएका थिए । तर आफूलाई पहिलो ओस्कार दिलाएको फिल्म ‘वान्स अपअन अ टाइम इन हलिउड’ मा भने केवल १ करोड डलरमै खेल्न राजी भएका थिए ।

 

टारान्टिनोको उक्त फिल्ममा ब्राड पिटले ६० को दशकको एक स्टन्टम्यानको भूमिका निर्वाह गरेका छन् । ब्राड पिट कमाइको मोटो रकम सामाजिक कार्यमा पनि लगाउने गर्छन् भने पछिल्लो पटक अभिनेत्री पत्नी एन्जेलिना जोलीसँगको सम्बन्धविच्छेदका कारण पनि मोटो रकम गुमाउनुपरेको थियो । कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार