• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
फेशन

चम्किदै दीपा 

काठमाडौं । बाल्यकालबाट नै  नाच्नमा सौखिन दीपा शाक्य श्रेष्ठले १४ बर्षको उमेरमा गायिका सिन्धु मल्लको 'बत्तिसै लक्षण' बोलको म्युजिक भिडियोबाट मोडलिङ यात्रा सुरु गरेकी हुन । 

 

गायक रामकृष्ण ढकाल र यश कुमारको म्युजिक भिडियो हुँदै अन्य दुईदर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा मोडलको रुपमा आफुलाई प्रस्तुत गरिसकेकी छन् । नाच्नमा पोख्त भएकै कारण उनलाई धेरै म्युजिक भिडियोमा अफर आउने गरेको हो ।  

 

उनी आफ्नो डान्सको कोरियोग्राफी आफै गर्ने गर्छिन । कलाकारिता कै सिलसिला उनी ९ बर्ष लन्डनमा रहिन र त्यहाँ बस्दा डान्स कोरियोग्राफी ,म्युजिक भिडियो मोडलिङसँगै र्‍याम्प मोडलिङमा पनि ब्यस्त हुन् थालिन् ।

 

९ बर्षको लामो बसाइपछि उनी अहिले नेपाल फर्केर आफ्नो कलाकारितालाई निरन्तरता दिँदै पोखरामा 'बिजी एरोबिक्स एण्ड डान्स एकेडमी' संचालन गरिरहेकी छिन्। 

 

मोडलिङ ,डान्स कोरियोग्राफर हुँदै उनको अहिले कदम निर्देशन तर्फ लम्किएको छ ।  हालै गायिका देविका बन्दनाको पहिलो मारुनी गीत 'भोलीलाई कसले पो देख्या छ' बोलको गीत मार्फत उनले म्युजिक भिडियो निर्देशनमा डेब्यु गरेकी हुन्  ।  

 

आफुले निर्देशन गरेको पहिलो म्युजिक भिडियो धेरैले मन पराएपछि अब दीपा चाडै नै अर्को म्युजिक भिडियो निर्देशन गर्ने सोचमा छिन् । यसको साथै भविष्यमा उनले चलचित्रको निर्देशन गर्ने पनि सोच बनाएकी छिन् । 

 

प्रस्तुति : जयन सुब्बा मानन्धर 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार