• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

तपाईं झुटो बोल्दै हुनुहुन्छ

शुभकामना दिनुहुन्छ, सम्वेदना दिनुहुन्छ

 

मन्तव्य दिनुहुन्छ, वक्तव्य दिनुहुन्छ

 

सन्देश दिनुहुन्छ, बिचार दिनुहुन्छ

 

आश्वासन दिनुहुन्छ, आदेश दिनुहुन्छ

 

सल्लाह दिनुहुन्छ सुझाव दिनुहुन्छ

 

विश्वास दिन सक्नुहुन्न तर दिलाउनु त हुन्छ

 

नेताजी यस्तरी दिएको दियै हुनुहुन्छ

 

देश र जनताको लागि दिँदा दिँदा

 

बिचरा बिरामी पर्न लागिसक्नु भयो

 

तैपनि तपाईंं नेताले केही दिएन भन्नुहुन्छ

 

नेताजी त दिएको दियै हुनुहुन्छ

 

तपाईंं झुटो बोल्दै हुनुहुन्छ ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार