• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

‘गीत संगीत मेरो जिन्दगी हो’

काठमाडौं । पछिल्लो समयमा धेरै युवाहरुको रोजाई बनेको छ कभर गीत । लाखौं रकम खर्च गरेर पछिल्लो पुस्ता कभर गीत बनाइरहेका छन । यसरी गीत गाउँदा आफ्नो गीत गाउने अभ्यास बढ्ने र आर्थिक रुपमा पनि केहि कमाई हुने भएपछि युवा पुस्ताको रोजाई बनेको छ कभर गीत । गीत–संगीतमा आफ्नो भविष्य देख्ने गायक दिपेन्द्र टमाटा पछिल्लो समय कभर गीत मै झुमिरहेका छन । उनीसंग गरिएको यो रमाइलो कुराकानी :

 

गीत–संगीतमा लाग्नुभएको कति भयो ? 
मेरो संगीतमा सानैदेखि को रुची हो । म बाल्यकालबाट  नै गायक बन्न चाहन्थे । कैलालीबाट काठमाडौं आउदाँ गीत संगीतमा केहि गर्छु भन्ने सोच बोकेर आएको छु । मैले स्कुल पढ्दा पनि धेरै गीतहरु गाए । स्कुलमा हुने  हरेक कार्यक्रममा भाग लिन्थे । एसईई  सकिएपछि २०७२ सालमा म काठमाडौं आएको हुँ । अहिले संगीतमा नै  समय दिइरहेको छु ।

 
अहिलेसम्म कतिवटा एल्वम बाहिर आए ? 
एल्बम निकाल्न एक्दमै गाह्रो छ । मैले एल्वमहरु भन्दा पनि युटुबमा सोलो गीतहरु रिलिज गरेको छु । त्यसमा दुईवटा बहिर आईसकेका छन् । 'लेट्स डु इट पार्टी' र 'माया थिएन' मेरा आफ्नै गीतहरु हुन । नेपाली र हिन्दी म्यासअप र कर्भर गीतहरु गाएको छु ।  मैले आफनो युटुव च्यानल मार्फत यी गीतहरु बाहिर ल्याएको हुँ । अब एल्वब तिर पनि सोच बनाएको छु । हेरौं के हुन्छ । 

 

तपाई गीतमा अभिनय पनि गर्नुहुन्छ कि गाउने मात्र हो ?
म गीत संगीतमा म गाउन कै निम्ती जन्मेको जस्तो लाग्छ । मेरो पहिला प्राथमिकता भनेको गाएकी नै हो । गीतहरु गाउँदै जाँदा यदी आफुलाई सुहाउने भुमिका पाईयो भने अवश्य नै गर्छु । 

 

 

संगीत के हो ?
संगीत दुख सुखको साथी हो । 

 

गीतसंगीत किन चटक्कै छाडेको त ? 
मैले पहिला नै भनिसके म गीतसंगीत कै लागी जन्मेको हुँ । त्यसैले मैले गीत संगीत छाड्नु भनेको यो संसार छाड्नु सरह हो । म गीतसंगीत छाडेर कहिले सुखी हुन सक्दिन । यो मेरो जिन्दगी हो । 

 

आजकल के गर्दै हुनुहुन्छ ? 
संगीत बाहेक म पार्ट टाइम काम पनि गर्छु । यो पनि मैले आफनो सांगीतिक क्यारियर कै लागी गरेको हुँ । आफनो कामको लागी घरमा सधै पैसा माग्नु ठिक होइन । त्यसैले आफ्नै खुट्टामा उभिनु ठिक लाग्यो । 

 

तपाई कति वर्ष हुनुभयो ? 
म अहिले २१ वर्ष भए । 

 

 

गीत संगीतमा पैसा छ कि तपाईले गरिरहेको काममा ?
मैले गीतसंगीतबाट खासै पैसा कमाएको छैन । अहिले आफनो पार्ट टाइम जागिरबाट नै धानिएको छु । 

 

मान्छे हेर्दा र्‍यापर जस्तो देखिनुहुन्छ, किन नेपाली गीत–संगीतमा जम्न नसकेको ? 
धन्यवाद, यहाँ काम गर्न एकदमै गाह्रो छ । हरेक कुराहरुमा पैसा चाहिन्छ । म पैसा खर्च गरेर ठुलो कलाकार बन्न पनि सक्थे तर मलाई आफै गर्नुछ । बिस्तारै राम्रो पनि हुँदैछ । आफुले राम्रो गर्दै जाने हो एक दिन अवश्य नै राम्रो हुन्छ । 

 

तपाईको कपाल त बबाल छ, के हो ? 
मेरो कपालको त्यस्तो केही ठुलो राज छैन । मलाई रुची लागेर यस्तो बनाएको हो । 

 

यस्तो कपाल कसरी बनाउनु भयो ? 
बाल्यकालमा बिदेशीहरुको कपाल देख्दा मलाई पनि उनीहरुको जस्तो कपाल बनाउने रहर जागेर आउथ्यो । म सोच्थे एकदिन पक्कै म पनि यस्तो कपाल बनाउँछु । बाल्यकालको इच्छा पुरा गरेको मात्र हो । 

 

तपाईको कपालको बारे घरमा केही भन्नुहुन्न ? 
ड्रेड लक बनाएको हुँ । म घरबाट टाडै छु । मेरो कपाल देखेर रिसाउने भनेको मेरो बुवा हो । यस्तो के कपाल बनाएको भन्नुुहन्छ । घर आउँदा कपाल काटेर आइज भन्नुुहन्छ । अहिलेसम्म काट्नु परेको छैन, हेरु पछि के हुन्छ । 

 

 

तपाई आफनो कपालको निकै हेरचाह गर्नुहुन्छ हो ? 
एक त यस्तो कपाल बनाउन एकदमै गाह्रो छ । यसको एकदमै हेरचाह गर्नुपर्छ । समय समयमा कपाल लामो भईदिन्छ, त्यसलाई टाइड गर्नुपर्छ । कपाल मिलाएर नुहाउनु पर्छ ।

 

प्रेम त पक्कै गरिएको छ होला, कतै प्रेमिकाले भनेर कपाल यस्तो बनाएको त होइन ? 
प्रेम भन्ने कुरा सबैको जीवनमा हुन्छ । कुनै समयमा मेरो पनि थियो होला । यस्तो मेरो जस्तो कपाल बनाउँ भनेर कसैको प्रेमिकाले भन्छ जस्तो लाग्दैन । यो मैले कसैको इच्छाले बनाएको होइन । मेरो कपाल मेरो मनले बनाएको हो । 

 

अन्तमा, अबको योजना के छ ? 
अब चाडै नै मेरा नयाँ–नयाँ गीतहरु बजारमा आउँदैछन् । म यती भन्न चाहन्छु कि मलाई सधै यसरी नै साथ र सपोर्ट गर्दिनुहोला । तपाईहरुको माया नै मेरो लागी सबैभन्दा ठुलो कुरा हो । 

 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार