• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
प्रविधी

सूचना विधेयक पारित नभए डिजिटल कारोबारले बैधता नपाउने : मन्त्री बाँस्कोटा

काठमाडौं ।  सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले डिजिटल क्षेत्रलाई बैधता दिन सूचना प्रविधि विधेयक ल्याइएको बताएका छन् ।

 

'क्यान इन्फोटक २०२०' को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले डिजिटल क्षेत्रको पारदर्शीता, सुशासन र यसको बैधताका लागि विधेयक ल्याइएको बताए । विधेक पारित नभए डिजिटल कारोबारले बैधता नपाउने समेत उनले बताए ।

 

विद्युतिय कारोबार ऐन भन्दा सूचना प्रविधि विधेयक धेरै लचक भएको भएपनि त्यस्तो कुराहरु कसैले नहेर्ने गरेको आरोप लगाए । विधेयकमा दण्ड जरिवाना बढी भएपनि त्यसलाई अझै मिलाउन सकिने अवस्था भएको उल्लेख गर्दै बास्कोटाले भने, ‘एउटा स्याल चल्ला टिप्ने हुन्छ । उसले चिल आयो चिल आयो भनेर कराउँछ । त्यसपछि मान्छे आकाशतिर हेर्छ । स्यालले चल्ला टिप्छ । अभिव्यक्ति स्वतन्त्रता भनेर कराउने तर डिजिटल क्षेत्रमा पारदर्शीता र सुशासन आएको नहेर्ने ?’

 

बास्कोटाले सामाजिक सञ्जालमा कसैलाई निरन्तर गलत नियत राखेर जिस्क्याउनेलाई कारवाही हुने भन्ने शब्दको अन्य अर्थ लगाएर व्याख्या भइरहेको बताए ।

 

हल्ला गर्नेहरुले नीजि क्षेत्रको अराजकतावादलाई प्रोत्साहन गर्न खोजेको उल्लेख गर्दै बास्कोटाले भने, ‘जिस्काए वाफत सजाय हुने भन्ने कुरामा यत्रो हैरानी ?  हैरानी गर्न पाइन्छ । कस्ता कल्चर हो यो ? कसलाई हैरानी गर्ने आफ्नालाई हैरानी गरे त ठिकै छ । अंगालो मारे पनि राम्रै हो । आकर्षित हैरानी गर्ने । राती सुतेको बेला पनि हैरानी गराउन थालियो भने दनक नखाए के खाने ?’

 

शुक्रबारबाट क्यान इन्फोटक मेला २०२० सुरु भएको छ । कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले आयोजना गर्ने सूचना प्रविधि सम्बन्धि प्रदर्शनीमा १ सय ८५ भन्दा बढी स्टलहरु रहेका छन् । मेला ७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार