• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
रंगमञ्च

एघारौ राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न

काठमाडौं । शैली थिएटर, रुसी सांस्कृतिक केन्द्र र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको एघारौ राष्ट्रिय बाल नाटक महोत्सबको सम्पन्न भएको छ ।

 

महोत्सवमा मञ्चन भएको नाटकहरूबाट ६ विधामा विजेता घोषित गरिएको थियो। महोत्सवमा उत्कृष्ट अभिनेता क्रिएटिभ एकेडेमीको ‘अनमाया’ बाट नुमा लिम्बु र रिलायन्स स्कुलको ‘ड्रग्स एब्युज’ बाट सफल बस्नेत घोषित भएका थिए। उनीहरूले जनही १० हजार रूपैयाँसहितको पुरस्कार पाएका थिए। 

 

त्यस्तै लिभरपुल स्कुलको ‘टिका’ नाटकका निर्देशक आभा शर्मा नेपाल उत्कृष्ट निर्देशक र वृहस्पति विद्यासदनको ‘एक’ उत्कृष्ट नाटक घोषित भएको थियो। ‘एक’ नाटकमा अक्षरहरूसँग तर्सने समस्या भोगिरहेको विद्यार्थीको पढाइप्रतिको लगाव प्रस्तुत गरिएको थियो। उनीहरूले जनही सात हजार रूपैयाँसहितको पुरस्कार प्राप्त गरेका थिए।

 

युरोप जंग थापाले काठमाडौं वोर्ड स्कुलको 'कति पढिस ?' नाटकको लागि प्रोत्साहन पुरस्कार र वृहस्पति विद्यासदनको  ‘एक’ बाट अनुप्रास पाण्डेले पब्लिक च्वाइस पुरस्कार जितेका थिए। उनीहरूले जनही पाँच हजार रूपैयाँसहितको पुरस्कार पाएका थिए।

 

महोत्सवमा गोल्डेन सुनगाभा स्कुलको ‘ड्याड भर्सेस मम’, ब्राइट जोन स्कुलको ‘बहुला काजीको सपना’, एम्बेसडर एकेडेमीको ‘साँचो बोल्नुपर्छ’, राराहिल मेमोरियल स्कुलको ‘करेसा कन्सर्ट’, जेन्युन स्कुलको ‘निष्कासन’, क्रिएटिभ एकेडेमीको ‘अनमाया’, प्रज्ञा सदनको ‘डर’, विनायक स्कुलको ‘काँडा कि फूल’, रिलायन्स स्कुलको ‘ड्रग्स एब्युज’, वृहस्पति विद्यासदनको ‘एक’ र लिभरपुल स्कुलको ‘टिका’, तारा सदन स्कुलको ‘वृन्दा’ लगायत नाटकहरू मञ्चन भएका थिए।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार