• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

शान्ति समाजद्वारा थप पाँच पुरस्कार स्थापना

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले स्व.राधादेवी दाहाल स्रष्टा सौगात, स्व. श्रीप्रसाद दाहाल स्रष्टा सौगात, स्व। श्रीनारायण दाहाल स्रष्टा सौगात, स्व. जोगमाया बराल स्रष्टा सौगात र स्व. भूमीप्रसाद बराल स्रष्टा सौगात गरी थप ५ वटा पुरस्कार स्थापना गरेको छ । यो सँगै शान्ति समाजले स्थापना गरेको पुरस्कार संख्या ८ पुगेको छ ।


स्रष्टा सौगात पुरस्कार अन्तर्गत प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका ५ जना स्रष्टालाई जनही रु. १५ हजार नगद र सम्मानपत्रसहित पुरस्कृत गरिने छ ।

 

पुरस्कारहरु स्थापनार्थ श्री नारायण दाहालका पनाति, श्रीप्रसाद दाहालका नाति र राधादेवी दाहालका पति विराटनगर निवासी प्रसिद्ध समाजसेवा बद्रीप्रसाद पहाडीले अक्षयकोष खडा गर्न रु. ४ लाख र भूमीप्रसाद बराल र जोगमाया बरालका छोराहरु मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय कोषाध्यक्ष रामकृष्ण बराल र अच्युत बरालले रु. ३ लाख प्रदान गर्नुभएको छ ।


पुरस्कृत ब्यक्तित्व छनौटका लागि शान्ति समाज केन्द्रिय कार्य समितिका सभापति उत्तम पुडासैनीको संयोजकत्वमा बरिष्ठ उपसभापति गोबिन्द खनाल, उपसभापतिद्वय बिष्णु प्रसाद चापागाईं, रेनुका पौडेल, महासचिव सुशिल बस्नेत, अनुशासन समितिका संयोजक डिकप्रसाद घिमिरे र कोषाध्यक्ष रामकृष्ण बराल सम्मिलित छनौट समिति गठन गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार